२९ आश्विन २०८३, बिहिबार

सरकारले ल्याएको अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी दलको आह्वान

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सरकारले ल्याएका अध्यादेश जारी नगर्न विपक्षी दलले राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।

बुधबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा बसेको विपक्षी दलको बैठकले संसद् छलेर अध्यादेश ल्याउने सरकारको कार्य असंवैधानिक रहेको निष्कर्ष निकाल्दै जारी नगर्न राष्ट्रपतिलाई आग्रह गरेको हो ।

बैठकले सरकारलाई अध्यादेश फिर्ता लिन र संसद बैठक बोलाउनआह्वान गरेको छ। सरकारले सोमबार संवैधानिक परिषद्सम्बन्धी र सहकारी समस्यासम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पेश गरेको थियो।

त्यस्तै, मंगलबार थप तीन वटा अध्यादेश पठाएको छ। जसमा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी अध्यादेश, केही नेपाल कानुन संशोधन गर्न बनेको अध्यादेश र विश्वविद्यालयसम्बन्धी अध्यादेश रहेको छ ।