२९ आश्विन २०८३, बिहिबार

महावीर पुनले सार्वजनिक गरे सम्पत्ति : करिब २८ रोपनी जग्गा, ३ तोला सुन र २९ लाख बैंक ब्यालेन्स

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वमन्त्री तथा म्याग्दी–१ का स्वतन्त्र सांसद महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

बुधबार सामाजिक सञ्जालमा सम्पत्ति विवरण राख्दै उनले आफूसँग करिब ३ तोला सुन र कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको उल्लेख गरेका हुन् ।

यसैगरी, नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ र राष्ट्रिय वाणिज्य बैंकमा करिब २५ लाख रुपैयाँ नगद मौज्दात रहेको पुनको विवरणमा उल्लेख । नेपाल बैंकमा रहेको ४ लाख रुपैयाँ साथीहरुबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा उल्लेख गरेका छन् ।