३० आश्विन २०८३, शुक्रबार

नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठ पक्राउ

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ परेका छन् ।

बीमा सम्बन्धी कसुरमा श्रेष्ठलाई आज गेश्वरी मनहरा नगरपालिका–५ बाट पक्राउ गरिएको हो ।

नेपाल बीमा प्राधिकरण कुपण्डोल, ललितपुरको वैशाख ८ गतेको पत्र तथा आकस्मिक स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा कम्पनी समेतको संलग्नतामा बीमा ऐन, २०७९ को दफा १४०(१०)(छ) अनुसार कसूर गरेको उल्लेख भएपछि प्रहरीले अनुसन्धान गरिरहेको थियो ।

थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।