२९ आश्विन २०८३, बिहिबार

बिजुली रेलले जोडिँदै सिमरा

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

railway-top-imgजनकपुर, १ असार । अब नेपालीले विद्युतीय रेल चढ्न बिदेसिनुपर्दैन। राणाकालदेखि नै सञ्चालनमा आएको छिमेकी भारतको जयनगरबाट जनकपुरसम्म गुड्ने रेलको कछुवा–चालमा अलमिलनु पनि पर्दैन।

प्रतिघन्टा १६० किमि गतिमा हुइँकिने बिजुली रेल केही वर्षमै तराईका विभिन्न जिल्लामा छुक्छुकाउनेछ। नेपालकै पहिलो विद्युतीय रेलवे सेवा ]बर्दिबास–सिमरा १०८ किमि’ खण्ड निर्माण आइतबार शिलान्यास हुँदैछ। यसमा जयनगर–जनकपुर–महोत्तरी रुट जोडेर लिगको लम्बाइ १६७ किमि बनाउने काम दुई खण्डबाट यसअघि नै सुरु भइसकेको छ।

बर्दिबास¬–सिमरा विद्युतीय रेलमार्ग निर्माण आइतबार सर्लाही रानीगन्जमा एक समारोहबीच भौतिक पूर्वाधार तथा यातायातमन्त्री विमलेन्द्र निधिले औपचारिक शिलान्यास गर्दैछन्।

नेपाल रेलवे विभागका अनुसार यससँगै नेपालमा विद्युतीय रेलवेको भौतिक निर्माण सुरु हुनेछ। त्यसका लागि विभागका सुपरिटेन्डेन्ट इन्जिनियर राजेश्वरमान सिंह र सिनियर डिभिजनल इन्जिनियर टेकराज बोहरालगायतको टोली शनिबारै बर्दिबास आइसकेको छ।

सम्बन्धित निर्वाचन क्षेत्रका सभासद, राजनीतिक दलका नेता–कार्यकर्ता तथा नागरिक समाजका अगुवा नेपालकै पहिलो विद्युतीय रेलवे निर्माण सेवा शिलान्यासमा उत्साहपूर्वक सहभागी हुने स्थानीय कृष्ण खनालले जानकारी दिए।

उनका अनुसार तराईका विभिन्न जिल्ला जोड्ने यो सेवा सञ्चालनमा आएपछि उक्त क्षेत्रका बासिन्दालाई छिटो र सुलभ यातायात सुविधा मात्र प्राप्त हुनेछैन, विकास निर्माणले समेत फड्को मार्नेछ। नागरिक दैनिकबाट