२९ आश्विन २०८३, बिहिबार

ह्वाइट हाउस संवाददाताको रात्रिभोजमा गोली चल्यो : राष्ट्रपति ट्रम्प, उपराष्ट्रपति भान्स सुरक्षित

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । वासिङ्टनको हिल्टन होटलमा ह्वाइट हाउस संवाददाताहरूको रात्रिभोजको क्रममा गोलीबारी भएको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स हिल्टन होटलमा उपस्थित हुँदा बाहिर गोली चलेको हो । सुरक्षाकर्मीहरूले उनीहरू सबैलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए ।

राष्ट्रपति बनेपछि ट्रम्पले रात्रिभोजमा भाग लिएको यो पहिलो पटक थियो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, प्रत्यक्षदर्शीहरूले करिब पाँचदेखि आठ गोली चलेको आवाज सुनेको बताए । गोलीबारी डिनर हल माथिको लबी क्षेत्रमा भएको थियो ।