काठमाडौं । लमजुङ सेवा समिति हङकङको अध्यक्षमा पुनः श्यामकुमार गुरुङ निर्वाचित भएका छन् । हङकङमा भएको समितिको १३ औं अधिवेशनले गुरुङको नेतृत्वमा २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिको उपाध्यक्षमा जगतप्रसाद गुरुङ, सचिवमा गमन घले, सहसचिव सन्तोष गुरुङ, कोषाध्यक्षमा मिनबहादुर गुरुङ, सहकोषाध्यक्षमा पञ्चमान गुरुङ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा रेवती गुरुङ, कल्पना घले, पुष्पादेवी गुरुङ, ओमकला गुरुङ, पेमा गुरुङ, अमृत गुरुङ, मेनुका गुरुङ, सुनिता गुरुङ, वुद्धिप्रसाद गुरुङ, हर्कबहादुर गुरुङ, बेलबहादुर गुरुङ, इन्द्रकमुार गुरुङ, नरेश गुरुङ, निशा गुरुङ, सिता गुरुङ, प्रज्ञा गुरुङ, कविता गुरुङ, प्रितम गुरुङ र किशोर गुरुङ रहेका छन् ।
लमजुङ सेवा समिति हङकङमा बसोवास गर्दै आएका लमजुङबासीहरुको साझा संस्था हो । संस्थाले विभिन्न सामजिक गतिविधि सञ्चालनका साथै समस्यमा परेका लमजुङबासीहरुलाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्दे आएको छ ।
समितिले मर्स्याङ्दी नाइट लगायत सांस्कृतिक कार्यक्रम सञ्चालन गरेर संकलन गरेको रकमको २०७१ सालमा लमजुङमा सम्पर्क समिति गठन गरी अक्षयकोष स्थापना गरेको छ । अक्षकोषबाट जिल्लाको शिक्षा, स्वास्थ्य, विपद् र खेलकुद लगायतका क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष गुरुङले जानकारी दिए ।







प्रतिक्रिया