२८ आश्विन २०८३, बुधबार

‘जातीय विभेदको खाडल पुर्न धार्मिक तथा सामाजिक अन्तरघुलन आवश्यक छ’

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

–प्रदीप परियार

नेपाली समाजमा एउटा यस्तो समयमा थियो, दलितहरुलाई दूध नदिने । दूधको चिया नदिने । दलितहरुका लागि सामान्य चिया पसलमा पनि अलग्गै गिलास राख्ने । चिया खाइसकेपछि आफै पखालेर अलग राख्नुपर्ने । यस्ता घटनाहरु आज सुन्न पाइदैन । दूध नदिने, दुधको चिया नदिने घटना सुन्दा अहिले अचम्म लाग्न सक्छ । किनभने, आज नेपाली समाजले त्यो समय व्यहोर्नु परेको छैन । गाउँघर, दूरदराजमा एकाध त्यस्ता घटना होलान्, पूर्ण रुपमा अन्त्य त भएको भन्न सकिन्न । तर, विगतको जस्तो परिस्थिति छैन । दूध दियो धने गाई रुख चढ्छ भनिन्थ्यो । दलितलाई दूध दिएकै कारण रुखमा गाई चढेको पक्कै कसैले देखेन ।

मुलुकमा भएका विभिन्न परिवर्तनसँगै समाजमा रहेका विकृति, विसंगति विस्तारै कम हुँदै गएको छ । राजनीतिक परिवर्तन जस्तो आजको भोलि सामाजिक तथा सांस्कृतिक रुपान्तरण सम्भव पनि छैन । सामाजिक तथा सांस्कृति रुपान्तरण विस्तारै हुने हो । त्यसका लागि जातीय विभेदको मुद्दा साझा मुद्दा बन्नुपर्छ । सबैको प्रयासबाट मात्रै जातीय विभेदलाई अन्त्य गर्न सकिन्छ । जातीय विभेदविरुद्ध दलित समुदायको मात्रै एकल प्रयासबाट अन्त्य गर्न असम्भव छ ।

समाजमा अनेक किसिमका विभेदहरु छन् । जात, धर्म, वर्ग, लैंगिक विभेद् कायम छ । सबै विभेदहरु अन्त्य गर्नुपर्छ । विभेद अन्त्य नभएसम्म मुलुक समृद्ध बन्न सक्दैन । यसअघि भएका कयौं प्रयासकै कारण आज जातीय विभेद कम भएर गएको हो । कम हुनुमा पनि सबैको प्रयासबाट सफल भएको मान्न सकिन्छ ।

तर, आज विभेदको रुप बदलिएको छ । हिजो छोइछिटो गर्न नहुने प्रकारको विभेद थियो भने आज मनोवैज्ञानिक विभेद कायम छ ।

तर, आज विभेदको रुप बदलिएको छ । हिजो छोइछिटो गर्न नहुने प्रकारको विभेद थियो भने आज मनोवैज्ञानिक विभेद कायम छ । मनोवैज्ञानिक रुपमा गरिने विभेदका कयौं उदाहरण छन् । दलित समुदायका मानिससँग गैरदलितले ‘सँगै बसेर खाइरहेको छु’ भन्नु पनि विभेदको नयाँ रुप हो । दलितसँग बसेर सँगै खान नमिल्ने हो, तर खाइरहेको छु भन्नुले मनोवैज्ञानिक विभेद गरेको बुझ्न सकिन्छ । मेरो साथी दमाईको छोरा हो, तर दिनरात उसैसँग संगत गरिरहेको छु, हामी सँगै काम गर्छौ, सँगै खान्छौँ भन्नु विभेद हो ।

हिजोआज दलित महिला जनप्रतिनिधिहरु कतिपय सार्वजनिक सरोकारका कार्यक्रममा सहभागी बन्नुहुन्छ । उहाँहरु भन्नुहुन्छ– मेरो नजिक बस्ने गैरदलित महिला जनप्रतिनिधिसँगै बसेर खाजा खानु परेमा आज मेरो ब्रत छ भन्नुहुन्छ कि, पेट दुखेको छ भन्नुहुन्छ । अथवा, भर्खरै खाएर आए भन्नुहुन्छ । सबैले यसरी विभेद गर्नुहुन्न, जोसँग विभेदको चिन्तन छ, उहाँहरु त्यसो गर्नुहुन्छ । विगतमा भौतिक रुपमा गरिने विभेद सबैलाई थाहा हुन्थ्यो । अहिले गरिने विभेद, भोग्नेहरुलाई मात्र थाहा हुन्छ । किनभने, अहिले विभेदको रुप बदलिएको छ ।

पछिल्लो समय दलित समुदायले डिजिटल विभेदको शिकार बन्नुपरेको छ । सामाजिक सञ्जाल फेसबुक होस् वा अन्य सञ्जालहरुबाट जातीय विभेद बढिरहेको छ ।

पछिल्लो समय दलित समुदायले डिजिटल विभेदको शिकार बन्नुपरेको छ । सामाजिक सञ्जाल फेसबुक होस् वा अन्य सञ्जालहरुबाट जातीय विभेद बढिरहेको छ । सामाजिक सञ्जालमा विभेदको चिन्तन बोक्नेहरुले कमेन्ट लेख्ने, म्यासेज लेख्ने काम गरिरहेका छन् । कमेन्टमा दलित समुदायको युवालाई ‘तैले त लुगा सिलाएर बस्नुपर्ने थियो, तैले खुकुरी बनाएर बस्नुपर्ने हो’ भनेको देख्न पाइन्छ । यो जातीय विभेदको डिजिटल रुप हो ।

दलित समुदायका युवाहरुले अन्य क्षेत्रका काम गर्न हुदैन, लुगा नै सिलाउनुपर्छ । खुकुरी नै बनाउनुपर्छ भन्ने चेतनाले विभेदको महसुस गराउँछ । किनभने, लुगा सिलाएर बस्नेहरुलाई पनि सम्मान छैन । खुकुरी बनाएर बस्ने दलितहरुमाथि पनि विभेद छदैछ । जबसम्म मान्छेमा जातीय विभेद अपराध हो भन्ने चेतना हुदैन तबसम्म अन्त्य गर्न गाह्रो छ । त्यसका लागि अब, नेपाली समाजले धार्मिक र सामाजिक अन्तर्घुलन मार्फत रुपान्तरण गर्न आवश्यक छ ।

यसै साता झापाको बुद्धशान्तिमा एक दलित परिवारमा पूजा थियो । पूजा र गुन्युचोलो । दुई दिने धार्मिक कार्यक्रममा दुई जना युवा पुस्ताका गुरुहरु आउनुभएको थियो । दुवै दिनको धार्मिक कार्यक्रममा सहभागी भई फर्किन लाग्दा मैले उहाँहरुलाई सोधेँ– हिन्दु परिवारमा धार्मिक कारण देखाएर नै जातीय विभेद भइरहेको छ तर, तपाईंहरु एउटा दलित परिवारको धार्मिक कार्यक्रममा सहभागी हुन कसरी सम्भव भयो ? उहाँहरुको जवाफ थियो– हामी गुरुकुलमा अध्ययनरत छौँ । पढेर गुरु बन्दैछौँ । हाम्रो धार्मिकग्रन्थमा कतै पनि जातको आधारमा विभेद गर्ने कुरा उल्लेख छैन । धार्मिक कार्यक्रममा सहभागी भएर काम गर्नु हाम्रो कर्म हो । यहाँ जात, धर्म, धनी र गरिब हेरिँदैन ।

अर्को प्रश्न गरेँ– पुराना गुरुहरु त आउन मान्नुहुन्न नि ? उहाँहरुको जवाफ थियो– सबै पुराना गुरुहरु पढेर गुरु बन्नु भएको होइन । पढ्नेहरुले विभेद गर्नु पनि हुन्न । अध्ययन गरेका गुरुहरुलाई थाहा छ, विभेद गर्न हुँदैन । धर्मग्रन्थहरुमा विभेद गर्नुपर्छ भन्ने लेखेको पनि छैन ।

नयाँ पुस्ताका गुरुहरुको कुरा सुनेपछि लाग्यो, अब धार्मिक अन्तर्घुलन जरुरी रहेछ । गुरुहरुले नै भन्न आवश्यक छ, विभेद गर्नु हुँदैन । धर्मग्रन्थमा कतै पनि विभेद गर्ने भनेर लेखिएको छैन । यदि पुराण भन्न बस्ने वा अन्य धार्मिक कार्यक्रममा गुरुहरुले विभेद गर्न हुँदैन भन्ने हो भने अझ छिटो जातीय विभेद अन्त्य भएर जानेछ । धार्मिक गुरुहरुले यो अभियानलाई प्रभावकारी बनाउन सक्ने रहेछन् । त्यसैले धार्मिक गुरुहरुबाट पनि जातीय विभेद विरुद्धको अभियान सञ्चालन हुनुपर्छ ।

समाजमा दलित र गैरदलितबीच धार्मिक कार्यक्रममा अन्तर्घुनको आवश्यकता जरुरी छ । गैरदलितले आयोजना गर्ने धार्मिक कार्यक्रममा दलितहरुको नेतृत्वदायी भूमिका हुनुपर्छ । दलितहरुले आयोजना गर्ने धार्मिक कार्यक्रममा गैरदलितहरुको अगुवाई हुनुपर्छ । यसरी अन्तर्घुलन गर्ने हो भने रुपान्तरण सजिलो हुनेछ ।

समाजमा दलित र गैरदलितबीच धार्मिक कार्यक्रममा अन्तर्घुनको आवश्यकता जरुरी छ । गैरदलितले आयोजना गर्ने धार्मिक कार्यक्रममा दलितहरुको नेतृत्वदायी भूमिका हुनुपर्छ । दलितहरुले आयोजना गर्ने धार्मिक कार्यक्रममा गैरदलितहरुको अगुवाई हुनुपर्छ । यसरी अन्तर्घुलन गर्ने हो भने रुपान्तरण सजिलो हुनेछ ।

कतिपय ठाउँमा छिमेकी दलित परिवारलाई गैरदलित परिवारले आफ्नो धार्मिक कार्यक्रममा निम्तो गरिरहेको हुँदैन । किनभने, अन्य निम्तालुहरुसँग त्यो फेस गर्न सक्दैन । सबै छिमेकीहरुलाई बोलावट हुँदा पनि अर्को छिमेकी दलित परिवारलाई छुटाउनुको कारण जातीय विभेदकै कारण हो । त्यसैले सामाजिक तथा धार्मिक अन्तर्घुलनका लागि सबै तयार हुनुपर्छ ।

कतिपय ठाउँमा छिमेकी दलित परिवारलाई गैरदलित परिवारले आफ्नो धार्मिक कार्यक्रममा निम्तो गरिरहेको हुँदैन । किनभने, अन्य निम्तालुहरुसँग त्यो फेस गर्न सक्दैन । सबै छिमेकीहरुलाई बोलावट हुँदा पनि अर्को छिमेकी दलित परिवारलाई छुटाउनुको कारण जातीय विभेदकै कारण हो । त्यसैले सामाजिक तथा धार्मिक अन्तर्घुलनका लागि सबै तयार हुनुपर्छ । सत्ता, शक्ति, स्रोत र शासनको पहुँचमा दलितहरुको उपस्थिति नभएसम्म विभेद कायम रहन्छ भन्ने भनाई पनि छ । सत्तामा पुगेर मात्र हुँदैन, विभेद गर्नेहरुको चेतना नबदलिसम्म कम हुन सक्छ, तर अन्त्य हुँदैन । यसका लागि सबैले मस्तिष्कबाट जातीय विभेदको जरा हटाउनुपर्छ ।

नयाँ सरकारले दलितहरुसँग माफी माग्ने घोषणा गरेको छ । सरकारले माफी मागिहालेको अवस्था छैन ।

नयाँ सरकारले दलितहरुसँग माफी माग्ने घोषणा गरेको छ । सरकारले माफी मागिहालेको अवस्था छैन । बाचापत्रको पहिलो बुँदाबाट शासकीय सुधारका १०० कार्यसूचीको पाँचौँ बुँदामा पुग्यो । १५ दिनभित्र कार्यक्रम ल्याउने घोषणा भएकोमा तीन साता पुगिसक्यो । यसले पनि दलितको मुद्दा कति प्राथमिकतामा रहेछ भन्ने स्पष्ट हुन्छ । माफी माग्ने विषय भनेको दलितहरुको भावनामा खेल्ने कुरा मात्र हो । यद्यपि, सकारात्मक नै लिन सकिन्छ । यसअघि २०६३ जेठ २१ गते छुवाछूत मुक्त राष्ट्र घोषणा भइसकेको छ । जातीय विभेदविरुद्ध कानुनहरु बनिसकेका छन् । त्यसको कार्यान्वयन हुन सकेको छैन । कसैमाथि विभेद भइहाल्यो भने उजुरी दिन गाह्रो छ । उजुरीका लागि शक्तिमा भएकाहरुको शक्ति प्रयोग गर्नुपर्ने बाध्यता छ । अझ, शक्तिवालहरुसम्म यस्तो विषय पुग्यो भने एक पटकलाई छोडिदेऊ भन्ने उल्टो सुझाव आउँछ । यस्तो सामाजिक संरचनामा दलितहरुले न्याय पाउने सवाल पनि कमजोर छ । यसैले दलित र गैरदलितबीचको अन्तरर्घुलन आवश्यक छ । सामाजिक र धार्मिक अन्तरघुलनलाई बढाएर लैजाने हो भने मुलुकमा रहेको विभेदको खाडल पुरिँदै जानेछ ।

सामाजिक र धार्मिक अन्तरघुलनका लागि स्थानीय सरकार, सामाजिक एवम् धार्मिक संघ संस्थाहरुको अगुवाईको आवश्यक छ ।