भैरहवा, २५ साउन । प्रदेशको सीमाकंनमा शीर्ष नेताहरुबीच भएको सहमतिको बिरोधमा मधेशी मोर्चाले सोमबार रुपन्देही जिल्ला बन्द गरेको छ ।
बन्दले रुपन्देहीको जनजीवन प्रभावित भएको छ । बन्दका कारण भैरहवाबाट छुट्ने लामो तथा छोटो दुरीका यातायातका साधन भैरहवा बसपार्कमै थन्किएका छन भने उद्योग, कलकारखाना, शैक्षिक संस्था तथा बजार बन्द रहेको छ । 
मुलुककै दोस्रो ठूलो भैरहवा भन्सार कार्यालयबाट हुने आयात निर्यात कार्य पनि प्रभाबित बनेको छ । स्थलमार्गको बेलहिया नाका हुदै आउने पर्यटक तथा भारतमा रोजगारी गरी घर फिर्ता आउने नेपालीहरु बन्दको कारण यातायात का साधन नपाउदा अलपत्र परेका छन् ।
समाचार तैयार पर्दा सम्म रुपन्देही जिल्लामा कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी राजेन्द्र ढकालले जानकारी गराएका छन् ।
तस्वीर : विवेक विश्वकर्मा



















प्रतिक्रिया