काठमाडौं, १ असार । सुन्दरीजल गाविस काठमाडौं केन्द्रबिन्दुबाट केवल १४ किलोमिटरको दूरीमा पर्छ ।
बाग्मती नदीको उद्गम स्थलसमेत रहेको सुन्दरीजल राजधानीको चर्चित धामिक तथा पर्यटकीय स्थल पनि हो । यहाँ सडक, बिजुली बत्ती, खानेपानी, सञ्चारजस्ता विकासका पूर्वाधार नपुगेका पनि होइनन् । तर, विडम्बना नै भन्नुपर्छ, यो गाविसका ५ सय घरपविारमध्ये २ सय ५० घरमा अझैसम्म शौचालय छैनन् ।
उनीहरु दिसा गर्न खोल्सा, बाँसधारीको झ्याङ र जंगल धाउने गरेको छन् ।
तैपनि, उनीहरु नगरबासी बन्ने रहर गर्दै हाल आफ्ना गाउँलाई नगरपालिका बनाउन माग गरिरहेका छन् । ‘राजधानीबाट नजिक भए पनि सुन्दरीजल दुर्गम छ’, गाविसका सामाजिक परिचालक मीना गुरुङ श्रेष्ठले भनिन् ‘यहाँका मान्छेहरु कम्तीमा घरमा शौचालयचाहिँ बनाउनुपर्छ भन्ने चेतना नुहँदा गाविसलाई हालसम्म खुला दिसामुक्त क्षेत्र घोषणा गर्न सकिएको छैन् ।’
सरकारले खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरेको भने सात वर्ष पुगिसकेको छ । यस अवधिमा काठमाडौंका ५७ गाविस मध्ये ९ गाविसमात्र खुला दिसामुक्त घोषणा भएका छन् । राजधानी दैनिकबाट













प्रतिक्रिया