९ कार्तिक २०८३, सोमबार

प्रदर्शन रोक्न सुर्खेतमा कर्फ्यु, प्रहरीले गोली हान्यो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

surkhe akhanda mid wstren nepal_attacke government office_3काठमाडौं, २५ साउन । अखण्ड मध्यपश्चिमको माग गर्दै सुरु भएको आन्दोलनले उग्र रुप लिएपछि सुर्खेतमा कर्फ्यु लगाइएको छ । आन्दोलनकारीको प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले राति ९ बजेसम्मका लागि कर्फ्युको आदेश जारी गरेको हो ।

सीमांकनप्रति विरोधमा आव्हान गरिएको सुर्खेत बन्दका क्रममा प्रदर्शन गर्दै हिँडेका आन्दोलनकारी र प्रहरीबीच ठाउँ-ठाउँमा झडप समेत भएको छ । भीडले उग्र रूप लिएपछि प्रहरीले नियन्त्रणमा लिन २५ राउण्डभन्दा बढी हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

प्रहरीका अनुसार आन्दोलनकारीले सरकारी कार्यालय र पार्टी कार्यालयहरुमा तोडफोड तथा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुले सोमवार बिहान जिल्ला प्रशासन, मालपोत कार्यालय, जिल्ला स्वास्थ्य, जिल्ला बन, कर्मचारी मिलन केन्द्र र झुप्रा बृहत खानेपानी संस्थामा तोडफोड गरेका हुन् ।

आन्दोलनकारीले वीरेन्द्रनगरमा रहेका मूख्य दलका तीनवटा पार्टी कार्यालयमा आगजनी गरेका छन् । आन्दोलन हिंसात्मक बन्दै गएपछि माओवादी र एमालेको पार्टी कार्यालयमा रहेका सम्पूर्ण सामाग्री जलाइएको हो ।

आन्दोलनकारीले कांग्रेसको पार्टी कार्यालयमा आगजनी गर्न खोज्दा प्रहरीले रोकेको छ । उग्र बनेका आन्दोलनकारीले कांग्रेसका सह-महामन्त्री पुर्णबहादुर खड्काको घरमा आक्रमण गरेका छन् ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले दिउँसो साढे १ बजेदेखि लागू हुने गरी सुर्खेत सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यु जारी गरेको बताए । ६ प्रदेशको सीमांकनबाट मध्यपश्चिमाञ्चलका जिल्ला विभाजित भएको भन्दै नागरिक संघर्ष समितिको आह्वानमा बन्द तथा प्रदर्शन भएको हो ।