९ कार्तिक २०८३, सोमबार

स्नातक तह द्वितीय वर्षको परीक्षा स्थगित

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Tu-logoजुम्ला, २५ साउन । सङ्घीय संरचनामा कर्णालीको अस्तित्व मेट्न खोजेको भन्दै कर्णालीवासी आन्दोलित भएका छन् ।

सीमाङ्कन निर्धारण गर्दा कर्णालीको अस्तित्व मेटिएको भन्दै
पाँचवटै जिल्लामा आन्दोलन भइरहेको संयुक्त सङ्घर्ष समिति जुम्लाले जनाएको छ ।

आन्दोलनकारीले आज जुम्ला बहुमुखी क्याम्पसमा सञ्चालित स्नातक तह द्वितीय वर्षको शैक्षिक मनोविज्ञान विषयको प्रश्नपत्र तथा उत्तरपुस्तिका च्यातेर भवन तोडफोड गरेपछि आकस्मिक रुपमा परीक्षा स्थगित गरिएको निमित्त क्याम्पस प्रमुख प्रकाशचन्द्र खत्रीले बताउनुभयो ।

परीक्षा स्थगित भएपछि ५१० जना परीक्षार्थी पूर्णरुपले प्रभावित भएका छन् ।

आन्दोलनकारीले जिल्लाका सरकारी कार्यालयहरु पनि जबर्जस्ती बन्द गर्दै हिँडेका छन् भने यातायात, कलकारखाना बन्द छन् । जिल्ला प्रशासन कार्यालय अगाडि प्रहरी र आन्दोलनकारीबीच झडप भएको थियो । रासस