२६ असार २०८३, शुक्रबार

बंगाल र तमिलनाडुमा मतदान सुरु, सुपरस्टार थलापति विजयको टीभीके पनि प्रतिस्पर्धामा

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतको पश्चिम बंगाल र तमिलनाडुमा विधानसभा निर्वाचनअन्तर्गत मतदान सुरु भएको छ ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ६ बजेसम्म जारी रहनेछ । पश्चिम बंगालमा पहिलो चरणमा १५२ निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ भने तमिलनाडुमा सबै २३४ सिटका लागि मतदान भइरहेको छ ।

पश्चिम बंगालको बाँकी १४२ सिटको लागि मतदान दोस्रो चरणमा अप्रिल २९ मा हुनेछ । बंगालमा मुख्य प्रतिस्पर्धा तृणमूल कांग्रेस र भाजपाबीच छ ।

यस्तै, तमिलनाडुमा डीएमके–कांग्रेस र एआईएडीएमके–भाजपाबीच गठबन्धन छ । साथै, यहाँ तमिल सुपरस्टार थलापति विजयको नयाँ पार्टी टीभीके पनि चुनावी मैदानमा छ ।

यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लोकतन्त्रको यो उत्सवमा सहभागी भई मतदान गर्न सबै नागरिकहरुलाई अपील गरेका छन् ।