काठमाडौं, १ असार । जग्गा लेनदेनको विषयमा सर्वसाधारणलाई बन्धक बनाएर रकम असुली गरेको आरोपमा प्रहरीले नेपाली सेनाका क्याप्टेनसहित ७ जनालाई पक्राउ गरेको छ ।
गुल्मी घर भई काठमाडौं जैसीदेवल बस्ने भुवन केसीलाई अपहरण गरेर बन्धक बनाएको अभियोगमा महानगरीय प्रहरी बृत लैनचौरले सेनाका क्याप्टेन राधाकृष्ण खड्कासहित ७ जनालाई पक्राउ गरेको हो । खड्कालाई थप अनुसन्धानका लागि सैनिक प्रहरीको जिम्मा लगाइएको छ भने बाँकी ६ जनालाई लैनचौर बृतमा राखिएको छ ।
प्रहरीकाअनुसार जग्गा खरिद बिक्रिको विषयमा भएको लेनदेन विवादलाई लिएर खड्कासहितको टोलीले केसीलाई रविभवनको एक तन्दुरी क्याफेमा बन्धक बनाएर राखेका थिए । त्यहाँबाट प्रहरीले शुक्रबार राती १२ बजे केसीलाई उद्धार गरेको जनाएको छ । कान्तिपुर दैनिकबाट













प्रतिक्रिया