३० आश्विन २०८३, शुक्रबार

सामसङ नेपालद्वारा ‘सपनादेखि सम्भावनासम्म’ अभियान सार्वजनिक

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपालमा अग्रणी मोबाइल तथा कन्ज्युमर इलेक्ट्रोनिक्स ब्रान्डको रूपमा सशक्त सामसङ नेपालले आज ‘सपनादेखि सम्भावनासम्म’ नामक नयाँ अभियान सार्वजनिक गरेको छ ।

कम्पनीका अनुसार यस अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको योगदानलाई उजागर गर्दै उनीहरूले परिवार र देशका लागि खेलेको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दछ । यसले सामसङको इनोभेसनमार्फत जीवन जोड्ने उद्देश्यलाई पनि सशक्त बनाउँछ ।

यस अभियानअन्तर्गत सामसङले ‘सामसङ रेमिटमा बेनिफिट’ नामक पहल सार्वजनिक गरेको छ, जसले रेमिटेन्समा निर्भर परिवारलाई थप सहजता र लाभ प्रदान गर्ने लक्ष्य राखेको छ । यो अफर अप्रिल २४ देखि उपलब्ध हुनेछ ।

रेमिटेन्सलाई नेपालको अर्थतन्त्रको प्रमुख आधार मान्दै अभियानले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई राष्ट्र निर्माणका मुख्य आधारका रूपमा सम्मान गर्दछ । साथै, सामसङका एआई सक्षम डिभाइसहरूले उनीहरूको परिवारको दैनिक जीवनलाई अझ स्मार्ट, कनेक्टेड र अर्थपूर्ण बनाउँछन् । सामसङले सजिलो र सहज प्रयोग अनुभवमार्फत जीवनलाई सरल बनाएको कम्पनीले जनाएको छ ।

यस पहलअन्तर्गत सामसङले आईएमई रेमिट, एनसेल, खल्ती बाई आईएमई र हुलास फिन सर्भ लिमिटेडसँग मिलेर सामसङका उत्पादन खरिदमा विशेष लाभहरू उपलब्ध गराएको छ । यसमा एनसेल रिचार्जमा बोनस डाटा, २४ महिनासम्मको सजिलो ईएमआई र खल्तीमार्फत क्यासब्याक जस्ता सुविधा समावेश छन्, जसले रेमिटेन्समा आधारित परिवारलाई थप मूल्य र सहजता दिनेछ । यो अफर विदेशबाट नेपालमा रकम पठाउने व्यक्तिहरूका लागि मात्र उपलब्ध हुने कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यस अभियानले दीर्घकालीन विश्वसनीयता, वारेन्टी, र सहज इकोसिस्टम अनुभवका लागि आधिकारिक उत्पादन छनोट गर्ने महत्त्वलाई पनि जोड दिएको छ ।