३० आश्विन २०८३, शुक्रबार

पूर्वी चीनमा आएको तूफानका कारण १२ को मृत्यु, पाँच बेपत्ता

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

वेन्झाओ (चीन), २४ साउन । चीनमा शनिबार आएको सोउलर नामक तूफानका कारण मृत्यु हुनेको सङ्ख्या १२ पुगेको पूर्वी चीनको झेझियाङ प्रान्तको सरकारले जनाएको छ ।

तूफानमा परी अहिलसेम्म बेन्जाओ सहरमा पाँच जना हराएको समाचार छ । झेझियाङमा आँधीका कारण यसै वर्षभित्र मात्रै नागरिक विस्थापित हुनु परेका यो १३औं पटक हो । चिनियाँ सुरक्षा अधिकारीका अनुसार मृत्यु भएका धेरैजसो मानिस बाढीले बगाएको र केही नागरिक आँधीपछि भत्किएका घरहरुको भग्नावशेषमा परेको हुनसक्ने सम्भावना छ ।

आँधीका कारण १३ लाख ६० हजार मानिस विस्थापित भएका छन् भने करिब ३ अर्ब ८३ करोड चिनियाँ युआन (झन्डै ६१ करोड ७० लाख अमेरिकी डलर) को क्षति भएको स्थानीय सरकारीद्वारा सञ्चारमाध्यमलाई जनाइएको छ ।

चीन सरकारले तूफानको खतरा भएका क्षेत्रका करिब १० हजार मानिसलाई आँधी आउनु पूर्व नै सुरक्षित स्थानतर्फ लगिसकेको थियो ।
चीन सरकारले सम्भावित आँधीको खतरा देखाउँदै आफ्ना नागरिकलाई सुरक्षित स्थलमा रहिरहन एक हप्ता अघि देखिनै सजग गराइरहेको थियो ।

माछा मार्न समुद्री इलाकामा गएका माझीहरुलाई पनि शुक्रबार बिहानसम्म बेन्झाओ सहर नजिकको बन्दरगाह फर्किन सचेत गरेको थियो । रासस/सिन्ह्वा