महेन्द्रनगर, २४ साउन । सामुदायिक वन समन्वय समिति कञ्चनपुरको ११औँ साधारण सभा सम्पन्न भएको छ ।
‘बनमा हरियाली, समुदायमा खुसियाली’ भन्ने मुल नाराका साथ आईतबार कृष्णपुरमा समन्वय समिति कञ्चनपुरको ११औँ साधारण सभा सम्पन्न भएको हो । साधारण सभामा बोल्ने अधिकांंश सामुदायिक बनकर्मीहरुले सरकारले संचालन गरेको राष्ट्रपति तराई मधेश चुरे संरक्षण कार्यक्रम पश्चिममा प्रभावकारी नभएको गुनासो गरेका छन् ।
चुरेका नाममा सरकारको ओरीपरी घुम्ने कही झोले संस्थाहरुका कारण चुरे संरक्षणमा चुनौती थपेको बताएका छन् । सिद्धबैजनाथ सामुदायिक बनका अध्यक्ष नवराज ऐरले सरकारी क्षेत्रबाट संरक्षणका कार्यक्रम वितरण, छनौटमा अव्यवस्थित भएकाले पर्यावरण संरक्षणमा समस्या उत्पन्न गराएको बताए । ‘पर्याबरणको कार्यक्रम संचालन गर्दा प्राथामिकताका आधारमा छनौट गर्नुपर्छ ।’, उनले भने ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरका महासचिव शिवदत्त अवस्थीले समन्वय समितिको पहल मार्फत लालझाडी कोरिडोर क्षेत्रमा १२ हजार २०० हेक्टर बन संरक्षण भएको भन्दै सामुदायिक समन्वय समिति मार्फत आगामी दिनमा कार्यक्रम संचालन गर्न सरकारी संघ संस्थाले समेत हेरविचार गर्नुपर्नेमा जोड दिए । ग्रिन युथका केन्द्रीय सचिव अर्जुन साउदले सामुदायिक बन संरक्षणमा युवाहरुको भूमिका हुने भएकाले युवामुखी कार्यक्रम ल्याउनुपर्नेमा जोड दिए ।
चुरे संजालका उपाध्यक्ष देव बहादुर चन्दले सबै संरक्षणकर्मी रातदिन संरक्षणमा लागेपनि राज्यले मुल्याङ्गकन नगरेको गुनासो गरे । सामुदायिक बन उपभोक्ता महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी साँउदले सामुदायिक बन संरक्षण गर्न सबैको आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्नेमा जोड दिए ।
बनकर्मीहरुका अलावा समुदायका व्यक्तिहरुले पनि बन, पर्याबरण संरक्षण गर्नुपर्नेमा उनले बताए ।
साधारण सभामा सामुदायिक बन समन्वय समितिका अध्यक्ष महेश राज जोशीले कार्य प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जलवायुको समस्या विश्वव्यापी रुपमा चर्किदै गएकाले नेपाल जस्तो देशले पर्याबरण संरक्षणमा लागे बाफत कार्बनडाईअक्साईट उत्र्सजन गर्ने मुलुकहरुले थप रोयल्टी दिनुपर्नेमा जोड दिए । ‘विश्वमा नेपाल मात्रै पर्याबरण संरक्षण गर्न जुटेको छ ।’, उनले भने । सामुदायिक बन संरक्षण गर्न राजनीतिक क्षेत्रबाट अत्यन्तै चुनौती रहेको अनुभव पोख्दै अध्यक्ष जोशीले सामुदायिक बन संरक्षणका कार्यमा राजनीतिक गर्न नहुने भनाई राखे ।
यस्तै साधारण सभाबाट जैविक विविता संरक्षण गर्नका लागि ३३ बुँदे बार्षिक कार्य योजना समेत पारित गरिएको छ । आर्थिक बर्ष २०७२÷०७३ का लागि अध्यक्ष जोशीले प्रस्तुत गर्नुभएको ३३ बुँदे बार्षिक कार्य योजना पारित भएको हो । समन्वय समितिले एक बर्ष भित्र आफ्नो कार्य क्षेत्रमा गर्ने विभिन्न कार्य योजना पारित गरेको हो ।
कार्य योजनामा के-के छ ?
कार्य योजनामा बहुबर्षिय नर्सरी स्थापना गरि एक लाख डाँलेघास लगायत विभिन्न प्रजातिका बिरुवा उत्पादन गरी सामुदायिक बन तथा निजी बन क्षेत्रमा बृक्षारोपण गरिनेछन् ।
खुला चरिचरन नियन्त्रण गर्न देखतभूली र शंकरपुरका १० सामुदायिक बनमा जनचेतना कार्यक्रम, चरिचयन नियन्त्रण भएका पाँच बनमा पुनरुत्पादन नमुना प्लान्टका साथै वधुवा पशुपालनका लागि ५०० वटा सिमेन्ट डुण निर्माण गरि वितरण, पधुवापशुपालक कृषकलाई नशल सुधार कार्यक्रममा सहभागी पशुपालन तालिम दिईने छ ।
बन डडेलो नियन्त्रणका लागि ५ किलोमिटर अग्नीरेखा निर्माण, विद्यार्थीहरुलाई संरक्षणमा सहभागी गराउन २५विद्यालयमा ईको क्लब गठन, अवैध गतिबिधी रोक्नका लागि ४५सामुदायिक बनमा चोरि सिकारी नियन्त्रण युवा दस्ता परिचालन, बन हेरालाहरुलाई तालिम, बन्यजन्तुहरुको बासस्थान संरक्षण गर्नका लागि ५ सामुदायिक बनमा पोखरी निर्माण गर्ने र १५०हेक्टर झाडी सफाई गरिनेछ । सिस्ने क्षेत्रको सिमसार संरक्षण गर्न कार्य योजना बनाईने,१० बनमा विजयसाल संरक्षण कार्यक्रम, नदि कटानी नियन्त्रण गर्न दुई स्थानमा जैविक तटबन्ध निर्माण, १० स्थानमा जलवायु परिर्वतन सचेकिरण तथा क्षमता अभिबृद्धी गरिने छन् ।
दाउराको चाप कम गर्न १०० घरधुरीमा गोबर ग्याँस र २०० घरमा सुधारिएको चुलो निर्माण, वैकल्पीक उर्जा प्रर्वद्धनका लागि सहुलियत ऋण उपलब्ध गराईने छ । यस्तै बनप्रतिको निर्भरता क मगर्न ५० युवालाई सिप विकास र १०० घरधुरीकालाई आयआर्जन गर्न जिविकोपार्जन सुधार, हरित उद्यम संचालनका लागि २५ घरधुरीलाई केराखेती, विपन्नमुखी कार्यक्रमबाट घुम्तीकोष परिचालन गरि १०० घरधुरीलाई आर्यआर्जन र बेमौसमी तरकारी खेतीका लागि ३० घरधुरीलाई सहयोग गरिने छ ।
यस्तै बन्यजन्तु र मानवबीच हुने द्वन्द्व न्यूनिकरण गर्न पाँच लाख बराबरको बन्यजन्तु क्षति राहात कोष स्थापना गरिने छ ।
विपन्न परिवारकका लागि दुई लाख जेहन्दार छात्रबृती कोष स्थापना, युवाहरुका लागि संरक्षण शिक्षा, ४० सामुदायिक बनमा शुसाशन अभ्यास गराईने लगायतका योजनाहरु पारित गरिएका छन् ।
















प्रतिक्रिया