काठमाडौं, २४ साउन । राजधानीको ग्लोबल एकेडेमी अफ टुरिजम् एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज)ले रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
गत वैशाखमा गएको महाभूकम्पपछि औसतरुपमा हुने रक्तदानको संख्यामा आएको कमी र विभिन्न समस्याका कारण बढ्दै गएको रगत अभावलाई मध्यनजर गर्दै गेट कलेजले बृहत रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
गेटकलेजद्वारा आयोजित सातौं संस्करणको बृहत रक्तदान कार्यक्रममा कजेलमा अध्ययनरत विद्यार्थी, अध्यापक तथा कर्मचारीहरू गरी ७९ जनाले रक्तदान गरे । कलेजबाट हालसम्म ५१६ जनाले रक्तदान गरिसकेका छन् । प्रायजसो वर्षामौसममा रक्तदानजस्ता कार्यक्रममा कमी आउने गरेको छ ।
समस्यालाई मध्यनजर गरी नेपाल रेडक्रस सोसाइटी, केन्द्रिय रक्तसञ्चार केन्द्रका संयोजनमा रक्तदान कार्यक्रमको आयोजना गरिएको गेट कलेजले जानकारी दिएको छ ।















प्रतिक्रिया