– रबिना बोहरा
बागलुङ, २४ साउन । सीमांकन सहितको ६ प्रदेशमा बागलुङ टुक्रिएको विरोधमा बागलुङमा क्रियाशिल राजनीतिक दल तथा व्यबसायीद्वारा अनिश्चितकालको लागि बागलुङ बजार बन्द गरेका छन् ।
प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिले शनिबार गण्डकी, धौलागिरी र लुम्बीनीका ११ जिल्लालाई समेटेर प्रस्ताब गरेको प्रदेश नम्बर ४ मा ढोरपाटन लगायतका बागलुङको निशी खोलादेखि पश्चिम क्षेत्रको भुभाग टुक्र्याएर प्रदेश नम्बर ५ मा समाबेस गर्ने निर्णयमा बागलुङमा बिरोध सुरु भएको हो ।
बागलुङ जिल्लाको सुदूरपश्चिम खण्ड शिर भएको र शिर काटेर बागलुङ जिल्लाको हत्या गर्ने षडयन्त्र भएको भन्दै जिल्लावासी राजनीतिक निर्णयको बिरोधमा उत्रिएका छन् ।
बागलुङ जिल्लाको सुदूरपश्चिम खण्ड शिर भएको र शिर काटेर बागलुङ जिल्लाको हत्या गर्ने षडयन्त्र भएको भन्दै जिल्लावासी राजनीतिक निर्णयको बिरोधमा उत्रिएका छन् । केन्द्रीय तहका नेताले जिल्लाबासीको भावना नबुझी जिल्ला टुक्र्याउने निर्णय गरेकाले जबसम्म अखण्ड बागलुङ कायम हुन्न तबसम्म संघर्ष जारी राख्ने प्रमुख राजनीतिक दलका जिल्लातहका नेताहरुले बताएका छन् ।
पहिचान र सामथ्र्यको आधारमा प्रदेश बनाउने दलहरुको सहमति हुँदा हुँदा बागलुङ जिल्लाका पहिचान एवं सामथ्र्य ढोरपाटनलाई नियतबस जिल्लाबाट टुक्राएर अर्काे प्रदेशमा राखिनु जिल्ला वासीलाई मान्य नहुने स्थानीय तथा ब्यवसायीहरुको भनाइ छ ।
मुख्य राजनीतिक दलहरुले शनिवार बागलुङ जिल्लालाई दुई टुक्रा पारेर प्रस्तावित ६ प्रदेशको चार र पाँच नम्वरका प्रदेशमा पारेको थियो । बागलुङ जिल्लाको ढाडमा काटी दुई कप्टेरा बनाएर जिल्लाको ऐतिहासिक, राजनीतिक, धार्मिक एवं सामाजिक संरचनामाथि प्रहार गरेकोमा त्यस गलत कार्यको घोर भत्र्सना गर्दैै र अखण्ड बागलुङको माग गदैँ बागलुङ जिल्लाको पश्चिम व्यापारिक केन्द्र बुर्तिवाङ बजार, मध्यभागमा रहेको गलकोट क्षेत्र र दक्षिण भागमा रहेको कुस्मीसेरा बजार पनी स्वत स्फूर्तरुपमा बन्द रहेका छन् ।















प्रतिक्रिया