९ कार्तिक २०८३, सोमबार

आमाको लास खोलामा, १ वर्षीय छोरा खोला किनार रुँदै भेटियो

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

रामेछाप, २४ साउन । रामेछापमा एक महिला मृत भेटिएकी छिन् । एनको एकवर्षे छोरा भने जिउँदै रुँदै गरेको अवस्थामा भेटिएको छ ।

मन्थली नगरपालिका­१ ठोकरे खोला स्थित मच्छेडाडी सामुदायिक बन भित्रबाट हाल नाम,थर वतन नखुलेकी अंदाजी २५÷३० बर्षीया महिला घोप्टो परी मृत अबस्थामा शनिबार फेला परेकी हुन् ।

बच्चा रोई कराई रहेको भनि स्थानीयबासीले प्रहरीलाई खबर गरे पश्चात प्रहरीले उक्त बनमा मृतक महिला सहित अंदाजी १ बर्षीया बालिका बनमाराको बुटामा रहेको अवस्थामा फेला पारेको थियो ।

बालिकाको प्राथमिक स्वास्थ्य केन्द्र मन्थलीमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । प्रहरीले महिलाको हत्या भएको हुनसक्ने आशंका गरेको छ ।