९ कार्तिक २०८३, सोमबार

खोटाङमा प्लास्टिक विसर्जन अभियान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

खोटाङ, २४ साउन । पूर्वेली सङ्गीत विद्यालय खोटाङद्वारा जिल्लामा प्लास्टिक विसर्जन अभियान थालिएको छ ।

अपाङ्गता भएका व्यक्तिद्वारा सञ्चालित विद्यालयद्वारा सदरमुकाम दिक्तेलका विभिन्न ठाउँमा जथाभाबी फालिएका प्लास्टिक सङ्कलन गरी ढकी, टोकरी, टोपी, पिर्का, खेलौनालगायत सामग्री निर्माण गरिने छ ।

वातावरणलाई जोगाउँदै खेर जाने प्लास्टिकलाई प्रयोग गरी अपाङ्गता भएका व्यक्तिको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यका साथ जथाभाबी फालिएका प्लास्टिक विसर्जन अभियान थालिएको अभियानका संयोजक राजन पूर्वेलीले बताउनुभयो ।

“जथाभाबी फालिएका प्लास्टिक विसर्जन गर्नु हामी सबैको कर्तव्य हो”, उहाँले भन्नुभयो, “त्यसैमाथि खेर गएका प्लास्टिकबाट विभिन्न सामग्री बनाएर आयआर्जनमा वृद्धि गर्न सकिने भएकाले अभियान थालेका हौँ ।”

विद्यालयले सदरमुकाम दिक्तेलको विभिन्न ठाउँमा माइकिङ गर्दै अभियानमा सहयोग गरिदिन सबैसँग अनुरोध गरेको छ । जिल्लामा प्लास्टिकको उचित व्यवस्थापन भएको छैन भने हालसम्म नगरपालिकाले समेत फोहर फाल्ने ठाउँको टुङ्गो लगाएको छैन ।