३० आश्विन २०८३, शुक्रबार

यौन दुव्र्यव्यहार गर्ने शिक्षकलाई जन्मकैद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jailयिनचुवान (चीन), २३ साउन । आफ्नै विद्यार्थीमाथि यौन दुव्र्यवहार गर्ने एकजना चिनियाँ शिक्षकलाई जन्मकैदको सजाय दिइएको समाचार छ ।

उत्तरपश्चिमी चीनको एक अदालतले प्राथमिक विद्यालयमा अध्ययनतर आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार गर्ने ची शिक्षकलाई सो सजाय दिएको एक समाचारमा जनाइएको छ ।

हउङ जेन्झिङ नाम गरेका ती शिक्षकले बढीमा १२ वर्षको उमेरका ती साना १२ जना नानीलाई सो दुव्र्यवहार गरेको भनी थुनामा राखिएको छ ।

आज अदालतले उनलाई जन्मकैदको सजाय सुनाएको चीनबाट प्राप्त समाचारमा जनाइएको छ । ती शिक्षकबाट ती बालिकालाई क्षतिपूर्ति पनि भराइएको समाचारमा जनाइएको छ । रासस÷सिन्ह्वा