काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली को स्वास्थ्य अवस्थाबारे चिकित्सक टोलीले आज निर्णय गर्ने तयारी गरेको छ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत ओलीको पित्तथैलीमा पत्थरी देखिएपछि शल्यक्रिया गर्ने वा नगर्ने विषयमा चिकित्सकहरूबीच छलफल भइरहेको हो ।
अस्पताल स्रोतका अनुसार ओली स्वयंले अपरेशनमार्फत पत्थरी हटाउने इच्छा व्यक्त गरेका छन्, तर आवश्यकताको मूल्यांकनपछि मात्रै अन्तिम निर्णय लिइनेछ। यसअघि स्वास्थ्य समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।
उनी हाल प्रहरी अनुसन्धानको प्रक्रियामा रहेका छन् र पछिल्ला घटनासँग सम्बन्धित विषयमा पनि छानबिन जारी रहेको छ।








प्रतिक्रिया