२८ आश्विन २०८३, बुधबार

हामी जमिन युद्ध खोजिरहेको छैनौँ तर आफ्नो सुरक्षा कसरी गर्ने राम्रोसँग थाहा छ : इरानी विदेशमन्त्री

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । इरानका विदेशमन्त्री अब्बास अराघचीले अमेरिकालाई कडा चेतावनी दिँदै इरान कुनै पनि जमिन आक्रमणको लागि पूर्ण रूपमा तयार रहेको बताएका छन् ।

‘हामी उनीहरूको प्रतीक्षामा छौँ ।’ उनले भने ।

एक अन्तर्वार्तामा विदेशमन्त्री अराघचीले इरान अमेरिकी स्थल आक्रमणबाट डराउँदैन र कुनै पनि परिस्थितिको सामना गर्न तयार रहेको स्पष्ट पारेका छन् ।

‘इरान आफै स्थल युद्ध चाहँदैन, तर यदि त्यस्तो भयो भने जवाफ दिन सक्षम छ ।’

उनले अमेरिकालाई चेतावनी दिँदै जमिन आक्रमण भए त्यो गल्ती महँगो सावित हुनसक्ने बताए । ‘इरानलाई आफ्नो सुरक्षा कसरी गर्ने भनेर राम्रोसँग थाहा छ ।’ उनले भने ।