काठमाडौं । नेकपा (एमाले) का सचिव शेरधन राईले सरकार मुलुकलाई मुठभेठमा लगेर युक्रेन बनाउन उद्यत रहेको बताएका छन् ।
विरोध कार्यक्रममा सहभागी हुन माइतीघर पुगेका राईले मुलुकमा विदेशी हस्तक्षेप भित्र्याउने प्रयासमा सरकार रहेको आरोप लगाएका हुन् ।
अध्यक्ष केपी शर्मा ओलीलाई गैरकानूनी ढंगले पक्राउ गरिएको उनले बताए । उनले गौरीबहादुर कार्की जाँचबुझ आयोगको अध्यक्ष बन्न लायक नभएको कुरा आफूहरूले सुरुदेखि नै उठाउँदै आएको बताए।
उनले भने, ‘हामीले उठाउँदै आएको कुरा प्रतिवेदनले पनि प्रस्ट पारेको छ। त्यो प्रतिवेदन अपूर्ण छ, आग्रह र पूर्वाग्रहपूर्ण छ।’















प्रतिक्रिया