३० आश्विन २०८३, शुक्रबार

बोक्सी लागेको भन्दै एकै गाउँका पाँच महिलाको हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

boksiनयाँ दिल्ली (भारत), २३ साउन । पूर्वी भारतको झारखण्डमा स्थानीय नागरिकको एक समूहले बोक्सीको आरोपमा शुक्रबार पाँचजना महिलाको हत्या गरेको स्थानीय सञ्चार माध्यमहरूले शनिबार जनाएका छन् ।

प्रेस ट्रस्ट अफ इण्डिया (पिटिआई) ले प्रहरीको भनाई उद्धृत गर्दै भनेको छ, ‘गाउँलेहरूको एक समूहले लौरो तथा धारिलो हतियारको प्रयोग गरी ती निर्दोष महिलामाथि आक्रमण गर्दा उनीहरूको मृत्यु भएको हो ।’

उक्त गाउँ झारखण्डको प्रान्तीय राजधानी राँचीको नजिकै रहेको समेत बताइएको छ । प्रहरीले मृतक महिलाहरूको लाशलाई नियन्त्रणमा लिइसकेको बताइएको समाचार पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

यसैबीच, राष्ट्रिय अपराध महाशाखा दिल्लीले २००० देखि २०१२ सम्म देशभर बोक्सीको आरोपमा दुई हजार एकसय महिलाकोे विभिन्न रुपमा हत्या भएको जनाएको छ । रासस/सिन्ह्वा