२९ आश्विन २०८३, बिहिबार

जेठ १० गतेसम्म सम्पत्ति विवरण बुझाउन सांसदहरूलाई निर्देशन

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संसद सचिवालयले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई आगामी जेठ १० गतेसम्म आफ्नो सम्पत्ति विवरण बुझाउन निर्देशन दिएको छ ।

सांसद सुविधा व्यवस्थापन शाखामा आगामी जेठ १० गते कार्यालय समयभित्र सम्पत्ति विवरण दर्ता गराउन निर्देशन दिइएको हो ।

भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ५० को उपदफा (१) र अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा ३१ क को उपदफा ९१० मा सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्पति विवरण बुझाउनुपर्ने व्यवस्था छ ।

नवनिर्वाचित सांसदहरूले चैत १२ गते पद तथा गोपनीयताको शपथ लिएका थिए ।