३० आश्विन २०८३, शुक्रबार

प्रवासी नेपाली मञ्च साउदी अरबको अध्यक्षमा बालाराम गिरी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

PRABASI_n

साउदी अरब । एमाले निकट प्रवासी नेपाली मञ्च साउदी अरबको प्रथम अधिबेशन सम्पन्न भएको छ ।

साउदी अरबको राजधानी रियादमा शुक्रबार सम्पन्न भएको अबिधेशनले बालाराम गिरीको अध्यक्षतामा १७ सदस्यीय नयां कार्यसमिति सर्वसम्मतबाट चयन गरेको हो ।

जसको प्रथम उपाध्यक्षमा परशुराम मिश्र, दुई उपाध्यक्षमाराजेन्द्र खत्री र बिराज कार्की निर्बाचित हुनुभएको छ । अबिधेशनले महासचिवमा राजु खनाल, सचिबमा द्दोय अमर श्रेष्ठ र ऋषिराम भट्टराई, कोषाध्यक्षमा छोटु थापा मगरलाई चयन गरेको छ ।त्यस्तै सदस्यहरुमा दल बहादुर बिक, ओमकार डागी, युबराज राजबंसी, दिपेन्द्र राना, श्रीराम कुँवर, बशन्त राइ, अच्युत बोगटी पेमा टासी रहनुभएको छ ।

अबिधेशनको एक कार्यक्रमका बिच नेकपा एमालेका पोलीटब्यूरो सदस्य तथा बिदेश बिभाग सह ईन्र्चाज बृन्दा पाण्डेले गर्नुभएको थियो । उद्घाटन सत्रमासाउदीका लागी नेपाली राजदुत उदयराज पाण्डे, अखिल नेपाल महिला संघकी केन्द्रिय सदस्य कल्पना रिजाल,नेपाली जनसम्र्पक समितिका अध्यक्ष चोला प्रसाद पाठक, पारस काफ्ले, दिपक रेग्मी, माधव सिवर, सुनिलकुमार गुप्ता, बैजनाथ चौधरी लगायतले बोल्दै प्रबासमा रहेका नेपाली कामदारहरुको समस्या समाधानका लागीसाउदीमा क्रियाशील सबै नेपाली संघ संस्थाहरु एक भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

आयोजक समितिका संयोजक बालाराम गिरीको अध्यक्षतामा भएको कार्यक्रम, रुद्र कार्कीको स्वागत तथा बिमल गौतमको सञ्चालनमा समपन भएको थियो । बन्द सत्रलेप्रस्तुत सांगठनीक, राजनैतिक तथा आर्थिक प्रतिबेदन सर्बसम्मतबाट पारित समेत गरेको छ ।