२९ असार २०८३, सोमबार

पक्राउपछि पूर्वगृहमन्त्री लेखकले भने– राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले आफ्नो गिरफ्तारीलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधको परिणाम भएको बताएका छन् ।

शनिबार बिहान भक्तपुरको कटुन्जेस्थित निवासबाट पक्राउ परेपछि उनले यसविरुद्ध राजनीतिक तथा कानुनी दुवै मोर्चाबाट लड्ने बताएका हुन् ।

‘राजनीतिक पूर्वाग्रह र प्रतिशोध पूर्ण ढंगले मलाई पक्राउ गरेको छ । यसको राजनीतिक र कानुनी लडाइँ लड्न तयार छु ।’ उनले भने ।

मन्त्रिपरिषदको निर्णयबाट मान्छे पक्राउ गर्ने अभ्यास थालेर कानुनको मजाक उडाइएको लेखकले बताए । ‘क्याविनेटबाट निर्णय गरेर पक्राउ गरिएको छ । यस्तो कहिले हुँदैन संसारमा ।’ उनले भने ।