२८ असार २०८३, आइतबार

बालेनले सचिवालयमा क-कसलाई राखे ?

5.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पदभार सम्हालेसँगै आफ्नो सचिवालय र सल्लाहकार टोली गठन गरेका छन्। प्रारम्भिक चरणमै केही प्रमुख पदमा नियुक्ति गर्दै उनले आफ्नो कार्यशैलीअनुसार टिम तयार गर्न थालेका हुन्।

शाहले प्रमुख सल्लाहकारका रूपमा कुमार बेनलाई जिम्मेवारी दिएका छन् । बेन लामो समयदेखि उनका निकट सहयोगी मानिन्छन्। राजनीतिक सल्लाहकारमा असिम शाह नियुक्त भएका छन्, जसले विभिन्न राजनीतिक समन्वयमा भूमिका खेलेका व्यक्तिका रूपमा चिनिन्छन्।

मुख्य स्वकीय सचिवमा सुवास शर्मा रहेका छन् भने प्रशासनतर्फको नेतृत्व सुदिप ढकाललाई दिइएको छ। सूचना तथा सञ्चार समन्वयको जिम्मा विवेक मिश्रले पाएका छन्।

त्यसैगरी, निजी सचिवालयतर्फ सहसचिव प्रदीप परियारलाई जिम्मेवारी दिइएको छ। व्यक्तिगत सुरक्षा अधिकृत ९पीएसओ० का रूपमा प्रहरी नायव उपरीक्षक दिपेश बस्याल खटिएका छन्।

अन्य सल्लाहकार र सहयोगीहरूको सूची भने केही दिनभित्रै पूर्ण गर्ने तयारी रहेको जनाइएको छ। प्रधानमन्त्री शाहले आफ्नो पूर्व टिमका केही सदस्यलाई पनि निरन्तरता दिने संकेत गरेका छन्।