२९ आश्विन २०८३, बिहिबार

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री बालेनलाई बधाई

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई प्रधानमन्त्रीका रूपमा शपथ लिएकामा बधाई दिएका छन् ।

सामाजिक सञ्जालमार्फत मोदीले नियुक्तिको प्रशंसा गर्दै शाहको नियुक्तिले नेपाली जनताले उनको नेतृत्वमाथि राखेको गहिरो विश्वासलाई झल्काएको बताएका छन् ।

उनले नेपालका नयाँ प्रधानमन्त्रीसँग मिलेर काम गर्न आफू उत्सुक रहेको उल्लेख गरेका छन् । साथै, भारत–नेपालबीचको मित्रता र सहयोगलाई अझ उचाइमा पु¥याउने तथा दुवै देशका नागरिकको आपसी हितका लागि काम गर्ने लक्ष्य रहेको उल्लेख गरेका छन् ।