काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सांस्कृतिक तथा ऐतिहासिक पर्वले विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीबीच परस्पर विश्वास, सद्भाव, सहिष्णुता र सहयोगको भावना बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ बनाउन सहयोग पुग्ने बताएका छन् ।
रामनवमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना दिँदै उनले यो पर्वले आपसी समझदारी, दिगो शान्ति र भाइचाराको भावना बढाउन प्रेरित गरोस् भन्ने कामना गरेका छन् ।
हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिमा भगवान् श्रीरामको जन्मदिनका रूपमा रामनवमी मनाउने परम्परा छ । यस दिन पूजा, व्रत, अनुष्ठान र जप गर्ने चलन रहेको छ, जसबाट मनोकामना पूरा हुने विश्वास गरिन्छ । यस्ता पर्वहरूले प्राचीन सभ्यता, धर्म र संस्कृतिको संरक्षणमा योगदान दिने विश्वास पनि व्यक्त गरिएको छ ।
रामनवमीलाई भगवान् श्रीरामको जन्मदिन मात्र नभई अधर्ममाथि धर्मको विजयको प्रतीकका रूपमा पनि लिइन्छ । यस दिन देशका विभिन्न स्थान तथा जनकपुरस्थित रामजानकी मन्दिरमा मेला लाग्ने गर्दछ ।















प्रतिक्रिया