२९ आश्विन २०८३, बिहिबार

मधुसूदनको फिल्म ‘हामी तीन भाइ’को अग्रिम टिकट बुकिङ खुला

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यही चैत १३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘हामी तीन भाइ’नेपालभरका हलमा बुकिङ खुलेको छ । शुक्रबारबाट प्रदर्शनमा आउने यो फिल्मको अग्रिम टिकट बुकिङ खुलेको हो ।

चलचित्र केन्द्रिय जाँचपास समिति ९सेन्सर बोर्ड०बाट युनिभर्सल सर्टिफिकेट पाइसकेको यो फिल्मलाई सबै उमेरका दर्शकले फिल्म हेर्न सक्ने छन् ।

फिल्मलाई निर्देशक मधुसूदन भट्टराईले निर्देशन गरेका हु्न भने फिल्ममा विनोद न्यौपाने, लक्ष्मी वर्देवा, कुशल विष्ट, आश्मा गिरी, जाहन्वी बस्नेत, फलित राई, राजाराम पौडेल, रविन्द्र झा, विष्णु सापकोटा (हर्के हल्दार), विकास चापागाइँ शुष्मा निरौला, यादव देवकोटा (सरापे), अन्जु हमाल, तारा शर्मा, पवन केसी, रमा विष्ट, विरेन श्रेष्ठ, शुष्मा जिम्बा, खिन्नबहादुर भण्डारी (भोले), गोविन्दप्रसाद पौडेल, भूमिका गिरी, टेकराज पौडेल, अमृतमान महर्जन लगायतले अभिनय गरेका छन् ।

प्रसिद्धि सिने आट्र्स प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मलाई त्रिरन्त श्रेष्ठ र मनोज श्रेष्ठले निर्माण गरेका हुन् । तीन दाजुभाइबीचको सम्बन्ध, उनीहरुबीचको मनमुटावका साथै फिल्ममा रोचक ढंगले प्रस्तुत गरिएको दर्शकले पाउने छन् ।

कमेडी तथा सामाजिक कथामा आधारित विक्रम तामाङ कार्यकारी निर्माता रहेको यस फिल्ममा सहनिर्माता भक्तलाल श्रेष्ठ, प्रतिमा थापा पोखरेल, दुर्गालक्ष्मी पाण्डे विशेष सहयोगी शम्भुकुमार केसी रहेका छन् ।

साजित महत प्रस्तुतकर्ता रहेको यस फिल्मको पटकथा तथा सम्वाद पछिल्लो समयका व्यस्त लेखक शिवम् अधिकारीले लेखेका हुन् । शिव ढकालको छायांकन, बनिश शाहको सम्पादन रहेको यस फिल्मका गीतमा संगीतमा साप शक्ति, बाबुल गिरीले दिएका छन् । नृत्य निर्देशन कमल राई, इन्द्रदेव महर्जनले गरेका छन् भने फिल्मको पाश्र्व संगीतमा सम्राट थापा, ध्वनी मिश्रणमा मुकेश शाह, रंग संयोजक रेनिश फागोको छ ।

फिल्मको मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेलले गरेका छन् । फिल्ममा द्वन्द्ध निर्देशन देव महर्जनले गरेका छन् भने ग्राफिक्स एक्स समिर मिया, कला निर्देशक दिनेश लामा ‘गैंडा’, निर्माण नियन्त्रक सन्देश राई (भान्जा)को छ । यस फिल्मको पोस्ट प्रोडक्सनको काम मोसन स्टुडियोले गरेको छ भने फिल्मलाई नेशनल सिने ग्रुप प्रालिले वितरण गर्दैछ भने डिजिटल पार्टनर ओएसएआर डिजिटल रहेको छ । यो फिल्मलाई लिएर निर्माण पक्ष निकै उत्साहित रहेको छ । किनभने यस फिल्मको पोस्टर, टिजरदेखि ट्रेलरसम्मलाई दर्शकले रुचाएका छन् । अब फिल्मलाई पनि दर्शकले रुचाउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ ।