२६ असार २०८३, शुक्रबार

निर्वाचन प्रहरीको जिम्मेवारी सकेर काम खोज्न भारत पुगेका तिलकको दुर्घटनामा मृत्यु

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । रोजगारीको खोजीमा भारतको हैदरावाद पुगेका खोटाङका एक युवकको सवारी दुर्घटनामा ज्यान गएको छ। खोटेहाङ गाउँपालिका–७ का २५ वर्षीय तिलक परियार केही दिनअघि मात्रै साथीहरूसँग कामका लागि त्यहाँ पुगेका थिए।

सडक पार गर्ने क्रममा गाडीले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको सेकन्दरावादस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ।

निर्वाचनमा अस्थायी प्रहरीको काम सकेर विदेशिएका उनी आर्थिक रूपमा कमजोर परिवारका सदस्य थिए। उनको घरपरिवारमा सानो छोरा समेत रहेका छन्।

हाल शव व्यवस्थापनका लागि आवश्यक प्रक्रिया पूरा गर्न खर्च अभाव भएको भन्दै परिवारले सहयोगको अपिल गरेको छ।