१० श्रावण २०८३, आइतबार

ट्रम्प र मोदीबीच फोनवार्ता, के भयो कुराकानी ?

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच कुराकानी भएको छ ।

ट्रम्पले आज मोदीलाई फोन गरेका हुन् । विश्वका विभिन्न देशबीच तनाव जारी रहँदा दुई नेताबीच कुराकानीलाई अर्थपूर्ण रूपमा हेरिएको छ । मोदीले सामाजिक सञ्जालमार्फत पश्चिम एसियाको पछिल्लो अवस्थाबारे ‘उपयोगी विचार–विमर्श’ भएको जानकारी दिए ।

भारतले यसअघि नै मध्यपूर्वको अस्थिरताप्रति चिन्ता व्यक्त गर्दै आएको छ।

संवादका क्रममा मोदीले भारतको स्पष्ट अडान दोहोर्‍याउँदै भनेका छन्, ‘राष्ट्रपति डोनाल्ड ट्रम्पबाट फोन प्राप्त भयो र पश्चिम एशियाको अवस्थाबारे उपयोगी विचार-विमर्श भयो। भारतले तनाव न्यूनीकरण र यथाशीघ्र शान्ति पुनस्स्थापनाको समर्थन गर्दछ।’

स्ट्रेट अफ होर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु सम्पूर्ण विश्वका लागि अत्यन्त आवश्यक रहेको मोदीले बताएका छन् ।

‘स्ट्रेट अफ होर्मुज खुला, सुरक्षित र सबैका लागि पहुँचयोग्य रहनु सम्पूर्ण विश्वका लागि अत्यन्त आवश्यक छ,’ उनले लेखेका छन् ।