३० आश्विन २०८३, शुक्रबार

यौन सम्बन्ध राख्न नमानेपछि १९ चेलीको एकै चिहान

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

isis-55c44dee801f9_exlstएजेन्सी । शारीरिक सम्बन्ध राख्न नमानेपछि आतंकवादी संगठन आइएसले १९ महिलाको हत्या गरेको छ । ईराकको शहर मोसुलमा आइएसले निर्देशन नमानेपछि युवतीहरुलाई गोली हानेर हत्या गरी एकै चिहान बनाएको समाचार एजेन्सीले जनाएका छन् ।

जेरूसलम पोस्टका अनुसार, कुर्दिश अधिकारीहरुले इराकी सञ्चारमाध्यमलाई सूचना दिँदै जानकारी दिएको छ कि इस्लामिक स्टेटका बंदूकधारी आतंकवादीले १९ युवतीको हत्या गरेर एकै चिहान बनाएका छन् । यी ती युवती थिए जसलाई आईएसले बन्धक बनाएर गुलामका रुपमा प्रयोग गरिरहेको थियो ।

यो भन्दा पहिला यसैवर्ष आइएसले कुरान याद गर्ने प्रतियोगिता आयोजना गरेको थियो जसमा प्रतियोगिताका विजेताहरुलाई शारीरिक सम्बन्ध बनाउनका लागि केही किशोरीहरु पुरस्कार स्वरुप दिने घोषणा गरिएको थियो । समाचार अनुसार यही प्रतियोगिताका विजेतालाई पुरस्कार स्वरुप दिन बन्धक बनाइएका युवतीले शारीरिक सम्पर्क राख्न नमानेपछि उनीहरुको हत्या गरिएको बताइएको छ ।

खबर अनुसार उनीहरुले शारीरिक सम्पर्क राख्न नमानेपछि आइएस कमाण्डरको निर्देशनमा हत्या गरिएको हो । तर, निर्देशन पाएका आइएस लडाकूले पहिला ती महिलालाई बलात्कार गरेका थिए । १९ जना महिलाको समुह एक १२ वर्षीय बालिका थिईन् जसलाई लडाकूहरुले सामुहिक बलात्कार गरी हत्या गरेका छन् ।