काठमाडौं । वास्तविक घटनामा आधारित नयाँ गीतको भिडियो सार्वजनिक गरिएको छ । सामाजिक यथार्थ झल्काउने यस भिडियोले दर्शकमाझ गहिरो सन्देश दिन खोजेको निर्माण टिमले जनाएको छ ।
राजधानी काठमाडौंमा एक कार्यक्रमको आयोजना गरेर ‘अधुरो सपना’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो । भिडियो सार्वजनिक कार्यक्रमा कलाकार रामचन्द्र अधिकारी, दमन रुपाखेती, तारा केसी, दिवाकर भण्डारी लगायत थुप्रै कलाकार तथा पत्रकारहरुको उपस्थिति रहेको थियो ।
गीतमा घिसिङ शरण ओमको स्वर रहेको छ भने संगीत निर्देशन अन्तज नकर्मीले गरेका हुन् । भिडियोमा सुरवीर पण्डित, लेखान्त भुसाल, यादव थापा, नवीन रेग्मी, विक्रम श्रेष्ठ, अर्जुन कार्की, कुमार गोले, सोमा घिसिङ, घिसिङ शरण ओम, जेनिशा घिसिङ र अस्मिन थापाको अभिनय देख्न सकिन्छ ।
घिसिङ शरण ओमले आफ्नो जिन्दगीमा घटेको घटनालाई समेटेर भिडियोमार्फत दर्शकको माझमा पुर्याउन खोजेको र आफूले नपाएको न्याय पाउन प्रयास गरेको बताए । गीतमा देखाएको घटना वास्तविक भएको र यो घटनाले धेरैको मन छुने बताए । संवाद अभिषेक गौतमले लेखेका हुन् भने छायांकन विशाल परियार र सम्पादन अशोक चौधरीले गरेका छन् । भिडियो रोलिङ किंग्स स्टुडियोमा तयार गरिएको हो र संगीत निर्माता रुजन श्रेष्ठ रहेका छन् ।
निर्देशन लेखान्त भुसालले गरेका यस भिडियोले समाजका यथार्थ पक्षलाई कलात्मक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छ । निर्माण टिमका अनुसार, भिडियोले दर्शकलाई भावनात्मक रूपमा जोड्ने र सोच्न बाध्य बनाउने विश्वास गरिएको छ ।
कार्यक्रममा उपस्थित अतिथि कलाकारहरुले घिसिङ शरण ओमले आफ्नो वास्तविक कथा भिडियोमार्फत देखाएको र उनले न्याय पाउनु पर्ने बताए । भिडियो लेखान्त अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ ।













प्रतिक्रिया