पृष्ठभुमीः रेविज भाईरसबाट संक्रमित पशुहरुको टाकाईले मानिसमा सर्ने रोग मानिन्छ । यो रोग आजभन्दा ४००० बर्ष पहिले देखी नै पहिचान गरिएको हो । यस रोग निदानको लागी उत्तर आधुनिक प्रविधीको विकास अनि यसको रोगथामको उचित उपायहरु हुँदा पनि रेविज ग्रसित पशुले टोकेको जन समुदायले बेलैमा उपचार पाएनन् या गराएनन् भने ती विरामीमा यो रोग सधै घातक हुने गर्दछ ।
अमेरिका, अष्ट्रेलिया, न्यजिल्याण्ड जस्ता देशहरुमा यो रोगबाट मुक्त भएका छन् । कि त दुर्लभ रुपमा भेटिएको पाईन्छ । तर विश्वका केही मुलुकहरु जस्तै दक्षिण पूर्व एसिया, अफ्रिका, लेटिन अमेरिका मुलुकहरुमा भने त्यहाँका जन समुदायहरुमा सामान्य मानिन्छ । विश्व भरीमा प्रति बर्ष करिव ५५ हजार मानिसहरुको यस रोगबाट मृत्यु हुने गरेको विश्व स्वास्थ्य संघको तथ्यांक छ, जस मध्ये धरै जसो अफ्रिका, एसियाका मुलुकका जन समुदाय प्रभावित भएको पाईन्छ । प्राय जसो मानिसमा देखिने रोविज रोगले ग्रसित कुकुरको टोकाईबाट हुने गर्दछ । तथापी यदा कदा जंगली मांशाहारी जनावर तथा चमेरेको टोकाईबाट पनि लाग्न सक्छ । प्राय जसो सबै खाले जंगली तथा घर पालुवा जनावर यो रोगवाट ग्रसीत हुने गर्दछन । तर मुसा लोर्खके खरायोे मा भने यो रोग विरलै पाइन्छ जलचर माछा घिस्रने जिव सर्प तथा चरा चुरुङगी कुखुरा मा भने यो रोग देखिदैन ।
रेविज रोग लाग्नका लागि चाहिने पुर्वाधार :
कुनै पनी मानिस रेविज रोगवाट ग्रसीत हुन निम्न दुई पूर्व स्थीति हुनुपर्छ । कि त रेविज ग्रसित पशुको सम्पर्कमा लसपस भएको हुनुपर्छ । दोस्रो त्यस्तो लसपस हुँदा त्यस्ता पशुले मानिसलाई टोकेर वा चिथोरेर उक्त पशुमा भएको संक्रमित र्याल सारेको हुनु पर्छ । रेविज ग्रस्त पशुको शरिरमा र्याल मस्तीस्क तथा स्नायु जन्य तन्तु यस रोगका भाइरसवाट वढी प्रदुषित भएका हुन्छन । यी तन्तुहरु टोकोर भाईरस सारेमा रोग सर्छ । यस बाहेक भाईरस आखा, मुख नाकमा टासिन पुगेमा पनि रोगको प्रभाव देखिन सक्छ । शरिरमा यसरी प्रबेश गरेको भाईरस मस्तीष्का पुगी शरिरका स्नायु जन्य तन्तुका माध्यमबाट शरिरका मुख्य अंगमा पुग्छन् अनि रोगमा लक्षण देखा पर्छन् ।
जनावरमा रेविज रोगका लक्षण
रेविज रोग ग्रसित जनावरहरु विरामी परेको जस्तो देखिनूका साथै रिसाहा झोक्रिने झम्टिने जे पायो त्यो टोक्ने स्वाभावका हुन सक्दछन् । पशुमा हुने यिनै बाह्य लक्षणका कारण यो रोगलाई सामान्य बोलचालको भाषामा बहुलाहा कुकुर भनिएको हो । यस बाहेक कुनै कुनै रोगबाट ग्रसित जनावर एकदमै मैत्री स्वभाव लोसे, शान्त तथा दिग्भ्रमित भएको लक्षण देखिन सक्दछ ।
प्रायः रात्री कालिन समयमा विचरण गर्ने जंगली जनावर दिउसै बस्तिमा भौतारिन थाल्यो भने जस्तै स्याल, फ्याउरो, चमेरो वा सामान्य अवस्थामा शान्त रहने जनावरले अनौठो व्यवहार देखाय वा अतिनै मैत्रि स्वभाव देखाएको पाईएमा त्यस्ता जनावरलाई रेविज रोग ग्रसित हुन सक्ने शंका गर्नु पर्छ ।
मानिसमा रेविज रोगका लक्षण
मानिसको शरिरको रेविजको भाईरस प्रबेश गरे देखी रोग देखा पर्न ३० देखी ६० दिन लाग्छ तर कम्तिमा १० दिनमै वा बर्षौ पछि पनि देखा पर्न सक्छ । प्राय मानिसमा टोकेको ठाउमा दुख्ने झम्झमाउने एक्कासी चिलाउने जस्ता पहिलो लक्षण देखिन सक्छ । त्यसपछि ज्वरो अउनु जाडो लाग्नु थकित हुनु शारिरका मांसपेशी दुख्नु र झर्कने जस्ता लक्षण विरामीमा देखिन सक्छ । क्रमशः विरामीमा दिग्भ्रमित हुने, बाझने, विना कारण काम्ने बेसुर हुने लक्षण देखिन सक्छ ।
रेविजको पुर्ण तथा अन्तिम अवस्थामा भने स्वास फेर्न तथा खानेकूरा निल्न नसक्ने, मांशपशीहरुमा नियमित अनियमति रुपमा खुम्चने र कम्पन हुने र विरामीले पानि सम्म निल्न गाह्रो हुन्छ । त्यस्ता विरामीका नजिक पानी राख्दा तर्सने गर्दछ । त्यसै पनि यसलाई हाईड्रोफोविया पानिबाट तर्सने रोग पनि भन्ने गरिन्छ भने विरामीको अगाडी पानी देखाउदा रेविज एकिन गर्न सजिलो हुन्छ । त्यस्तै गरी हावा सुघाउदा पनि डाराउने गर्दछ । त्यो अवस्थालाई एरोफोविया भनिन्छ । यो अवस्थामा पुगेको विरामी प्राय बाच्दैन ।
कुकुरको टोकाईबाट सामन्यतया बच्न सकिन्छ । स्वास्थ्य उपचार केन्द्रमा आकस्मिक रुपमा हुने चोट पटक, घाउजन्य उपचारको ६० प्रतिशत विरामी कुकुरकै टोकाईबाट हुने गरिन्छ । दशबर्ष मुनिका बालबालिका तथा जेष्ठ नागरिक कुकुरको टोकाईबाट बढी जोखिममा पर्ने मानिन्छ । सामान्यतया सवै खाले पशुले मानिसलाई टोकेमा नजिकको स्वास्थ्य चौकी जानकारी गराई उचित सल्लाह लिनु बुद्धिमानी मानिन्छ , सो भए त्यसबाट जनस्वास्थ्य एवं जनसमुदाय रेविज रोगको जोखिममा पर्ने संभावना भए, नभएको एकिन गरी आवश्यक रोकथाम गर्न सकिन्छ ।
मानिस किन घरमा कुकुर पाल्न मन पराउछन् :
१) किनभने कुकुर मानिसका सवै भन्दा नजिकका आज्ञाकारी सहयोगी अनि साथी मानिन्छन् ।
२) प्रायजसो साना नानीहरु कुकुरलाई आफ्ना आत्मिय साथी ठान्दछन् ।
३) कुकुरको स्याहार सुसारमा लाग्दा मानिसको मनो बैज्ञानिक स्वास्थ्यमा सुधार ल्याउछ ।
४) कुकुरको स्याहार सुसारमा संलग्न हुने व्यक्ति शारिरीक रुपमा बढी क्रियाशिल रहन्छ ।
५) कुकुरले मानिसलाई एक्लो एकाङ्किपन हुन बाट बचाउछ ।
६) कुकुरलाई स्याहार सुसार गर्दा , खेल्दा, डुल्दा रक्तचाप जन्य स्वास्थ्य समस्या कमी गराउछ ।
७) मुटुजन्य रोगबाट प्रभावित विरामी जसको शल्यक्रिया गरिएको छ, त्यस्ता प्रभावित व्यक्ति यदी कुकुरको समिपमा समय विताउने गरेको भए कुकुर नपाल्ने भन्दा १ देखी २ बर्ष बढी बाच्ने गर्दछन् ।
८) शारिरीक अपांगता भएका व्यक्तिहरुले कुकुरलाई सहयोगीका रुपमा पाल्ने हो भने त्यो कुकुर तपाईको प्रबेश गरेको ६ महिना भित्र करिव ७० प्रतिशत सहयोगीले गर्ने कुकुरले सहयोग पु¥याउछ ।
९) शारिरीक अपांगता भएका व्यक्तिहरुलाई कुकुरले आत्मियता देखाउनुका साथै यसबाट उत्पन्न हुने हिनता बोध गराउन मदत पु¥याउछ । म बेसाहारा छु भन्ने अनुभुती गर्नुको साटो म आफै सक्षम छु भन्ने आत्म विश्वास जगाउछ ।
कुकुर धनि/कुकुर पालकहरुको सामाजिक जिम्मेवारी यस प्रसंगमाः
१) तपाईले पाल्न चाहनू भएको कुकुरको जात, अनि कुकुरको बच्चाको छनौट चनाखो भई गर्नुस् । कसैको भनाई सुनेर छनौट गरी सके पछि पशु चिकित्सकसंग परामर्श गर्नु होला र यसवारे तपाईको कम्पाउण्ड अवस्थित अनुसार त्यो कुुकुरका बानि व्यहोरा तथा कुकुर सहज रुपमा हुर्किन्छ वा भिजो मान्ला यसबारे उपयुक्त परामर्श तपाईले पाउनु सक्नु हुनेछ ।
२) तपाईले पाल्ने कुकुर तपाईको घर कम्पाउण्ड, अनि तपाईका घरका सदस्य, अनि घरमा भएका अन्य जनावर संग सजिलै सौहार्द रुपमा तालमेल गर्न सक्ने वातावरण बनाउनु होला जसले गर्दा तपाईले पाल्न ल्याएका बच्चामा डर वा त्रास महसुर नगरी म यहा सुरक्षित पनि छु अनि मलाई यहाको वातावरणमा मलाई कसैले जिस्काउदैन भन्ने विश्वास होस् ।
३) तपाईको घर परिवारमा ४ बर्ष मुनिका कोटा केटी छन् भने घरमा कुुकुर ल्याएर पाल्ने जमर्को नगर्नु होला किनभने घरमा पालेको कुकुरको टोकाईको जोखीममा प्रायजसो साना नानीहरुनै पर्ने गर्छन् ।
४) कुकुरलार्इृ उचित तालिम प्रशिक्षण दिनुहोस् जस्तै बस, त्यही उभिनु, भो नगर्नु, यता आउ जस्ता गतिविधी बारेमा कुकुरलाई तालिम दिनु होला । अझ हलूका मनोरन्जन मुलक खेल तपाईको कुकुरसंग खेल्ने गर्नुस र हेर्नुृुस तपाईको कुकुर कती आज्ञाकारी हुदो रहेछ । तर कुकरलाई झिझों लाग्ने, उचाल्ने, पछार्ने, घिसार्ने थिचोर्ने जस्ता खेला वा क्रियाकलाप नगर्नु होला । कुकुरलाई सार्वजनिक स्थालमा डुलाउन लैजादा सिक्रिा सांलो लगाई लैजानु होला ।
५) कुकुरलाई सधै स्वास्थ्य अनि तन्दुरुस्त राख्नु होला यसका लागी रेविज लगायत तपाईको क्षेत्रमा देखा पर्ने संक्रामक सरुवा, वा लसपस बाट सर्ने कुकुरको उमेर अनुसार नियमित लगाउनु बेस हुन्छ । जुका लुतो दाद जन्य रोगको पुर्व नियन्त्रणका लागी बेलाबेलाम औषधी प्रयोग गर्ने गराउने गर्नु होला । जती तपाईको कुकुर यस्ता रोगको अवस्थामा हुन्छन् त्यतीनै आक्रमक अनि किचकिचे हुन्छन् । यसैको आधारमा यी कुुकुरले तपाईका परिवारका सदस्य संग कस्तो व्यवहार गर्छन् भन्ने एकिन हुन्छ ।
एउटा जिम्मेवार कुकुर धनी बन्नुहोस्ः
१)आफ्नो क्षेत्रमा स्थानिय निकाय÷समुदायमा कुकुर दर्ता गराई राख्नुस् । कुकुरहरु सामाजिक प्राणि हुन् । यिनिहरुसंग बढी भन्दा बढी सामिप्यता राख्नु होस् । हेला नगर्नुहोस् । एक्लै नछाड्नुहोस् । यस्ता अवस्थामा कुकुरहरुले डरलाग्दा व्यवहार देखाउने गर्छन् ।
२।कुकुरको परिवार नियोजन बध्याकरण गर्नु होस् । किनभने यसो गरिएका कुकुरले टोक्ने झम्टने रिसाउने जस्ता व्यवहार गरेका कुकुरहरु भन्दा तिन गुणा कम गर्छन् ।
कस्ता ठाउमा कुकुरले टोक्ने सम्भावना रहन्छ :
१) ५० प्रतिशत जती कुकुर पालेका घरमा यो समस्या हुन सक्छ ।
२) ७७ प्रतिशत जती प्रभावित हुने व्यक्ति कुकुर धनिका आफन्त तथा चिनजानका मानिस हुन्छन् ।
३) ४ बर्ष भन्दा मुनिका केटा केटीहरु मध्य आधाजसो आफ्नै घरमा पालेको कुकुरको टोकाईमा पर्ने गरेका छन् ।
४) प्रति १० मध्ये ९ जनालाई आफ्नै घरको कुकुरले टोकेको हुन सक्छ ।
५) कुकुरहरुलाई अनावश्यक रुपमा जिस्कायमा प्रायः जसो कुकुरले मानिसलाई टोक्ने गर्छ ।
कुकुरले टोक्छ किन ?
१) आवश्यक तालिमको एवं सामाजिक करण नगरेमा ।
२) केटा केटीहरुले कुकुरसंग अनावश्यक रुपमा जिस्कीयमा ।
३) कुकुर नजिक पुग्दा डराउने वा दोडी भाग्ने गरेमा ।
४) कुकुरहरुलाइ अनावश्यक रुपमा उचाल्ने, पछार्ने, घिसार्ने गरेमा रिसले टोक्न सक्छ ।
कस्ता र कुन उमेर समुहका मानिस कुकुरको टोकाईमा पर्छन् ?
६० प्रतिशत कोटा केटी यसका शिकार हुन पुग्छन् । १२ बर्ष मुनिका ५० प्रतिशत केटा केटी बढी यसबाट प्रभावित हुन्छन् । जेष्ठ नागरिक, बुढाबुढी बढी टोकाईबाट प्रभावित हुन्छन् । घरमा चिठी पत्र पु¥याउने हुलाकी, विजुलीको मिटर जाच्न आउने कामदार प्रविधिक बढी पर्न सक्छन् ।
कुकुरको टोकाईबाट कसरी बच्ने ?
१)भुस्याहा, फिरन्ते अपरिचित कुकुर नजिक पुग्दा अली साबधान हुनु पर्छ साथै आफैले पालेको कुकुरलाई माया गर्ने गर्नु पर्छ । साना केटा केटीहरुलाई कुकुर नजिक एक्लै नछोड्नुहोस् । केटा केटीहरुलाई कुकुर नजिक जादा चनाखो हुन सिकाउनु पर्छ । केटाकेटीहरु लाई अपरिचित कुकुरसंगखेल्न जिस्कन भन्दा पहिले सम्बन्धित कुकर धनि संग अनुमती लिने कुरा सिकाउन पर्छ । कुकुर अगाडी पुग्दा भाग्न दौडने गर्नु हुदैन, कुकुरले लखेट्ने, समात्ने जस्ता कार्य मन पराउछन् । कुकुरले आफ्ना बच्चलाई दुध चुसाई रहेको बेला, सुतेको बेला, अथवा खाना खाइ रहेका बेला जिस्काउन चलाउन हुदैन ।
२) कुकुरले भुकेको बेला तपाईे अगाडी आई पुगेको बेला नभागी शान्त भई उभिनुस् । यसबाट कुकुरले तपाईबाट खतरा नभएको ठान्ने छ । आफै आफ्नो बाटो लाग्छ ।
३) कुकुरले झम्टिन खोजेमा शान्त भई उभिनुस्, नतर्सिनुस्, यस्ता कुकुरलाई सोझै आखा नतरनुस, शान्त तर निडर भई हर्कानुस् नगएसम्म शान्त भएर उभिनुहोस् । फर्केर नभाग्नुस् ।
४) केही गरी कुकुरले भम्टन खोज्दा लड्नु भएछ भने भकुण्डो जस्तो आकारमा कुकरुक्क गरी बस्नुस्, दुवै हात टाउको तथा घाटी मुनी राखी मुख छोपी अनुहार सुरक्षित राख्नुस् ।
कुकुरको टोकाईबाट जनसमुदाय सुरक्षित राख्न के गर्नु पर्ला ?
यसका लागी सामुदायिक सरोकारवाला हरुको सामुहिक प्रयास अनिवार्य हुन्छ ।














प्रतिक्रिया