१५ असार २०८३, सोमबार

भारतका लागि ग्यास भरिएको जहाज शिवालिकले इरानको होर्मुज जलडमरू पार गर्‍यो

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । खाना पकाउने एलपीजी ग्यासको अभाव झेलिरहेको भारतका लागि ग्यास भरिएको जहाज शिवालिकले इरानको होर्मुज जलडमरू पार गरेको छ ।

४० हजार मेट्रिक टन एलपीजी ग्यास बोकेको भारतीय झण्डा रहेको जहाज शिवालिकले बिना सुरक्षा होर्मुजको जलडमरू पार गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । साथै, जहाजको सुरक्षाका लागि भारतीय नौसेनाका युद्धपोतहरू सतर्क अवस्था रहको पनि जनाइएको छ ।

रिपोर्टका अनुसार, शिवालिक ट्याङ्करमा ४० हजार मेट्रिक टन एलपीजी लोड गरिएको छ र यो ट्याङ्कर केही दिनमा भारत आइपुग्नेछ ।