३ कार्तिक २०८३, मंगलबार

सिरहामा सुतली बम विस्फोटमा एक युवक घाइते (अपडेट)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिराहा । सिराहा नगर क्षेत्रभित्र भएको सुतली बम विस्फोटमा एक युवक घाइते भएका छन्। सिराहा नगरपालिका–१ स्थित कामधेनु ल फर्म नजिक बुधबार दिउँसो विस्फोट भएको प्रहरीले जनाएको छ।

घटनामा सिराहा–७ का २८ वर्षीय सौरभ यादव घाइते भएका छन्। उनको टाउको र खुट्टामा चोट लागेकाले उपचारका लागि प्रादेशिक अस्पताल सिरहा लगिएको छ।

प्रहरीका अनुसार कागजले बेरेको शंकास्पद वस्तु विस्फोट भएपछि सुरक्षाकर्मी र बम निष्क्रिय पार्ने टोली घटनास्थल पुगेको छ। घटनास्थलबाट कुनै पर्चा वा अन्य सामग्री भने फेला नपरेको बताइएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।