७ श्रावण २०८३, बिहिबार

यूएईमा रहेका नेपालीलाई कागजात सुरक्षित राख्न दूतावासको आग्रह

2.2k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । यूएईस्थित नेपाली दूतावासले यूएईमा बसोबास तथा काम गरिरहेका नेपाली नागरिकलाई आफ्ना महत्वपूर्ण कागजात सुरक्षित राख्न आग्रह गरेको छ।

दूतावासले मंगलबार जारी गरेको सूचनामा राहदानीको म्याद समयमै जाँच गर्न र राहदानी, नागरिकता तथा इमिरेट्स आईडी जस्ता कागजातको डिजिटल प्रतिलिपि सुरक्षित राख्न अनुरोध गरिएको छ। यूएईमा करिब सात लाख नेपाली कार्यरत रहेको अनुमान छ।

“यूएईमा बसोबास तथा कार्यरत सम्पूर्ण नेपालीहरूलाई समयमै आफ्नो राहदानीको बहाल अवधि चेक गर्नुहुन र आफ्ना महत्त्वपूर्ण कागजातहरू जस्तै आफ्नो राहदानी, नागरिकता तथा इमिरेट्स आईडीको डिजिटल कपी सुरक्षित राख्नुहुन अनुरोध छ,” दूतावासले सूचनामा भनेको छ ।

सूचनामा राहदानीको म्याद सकिएको वा सकिन लागेमा छिटो नवीकरणका लागि अबुधाबीस्थित नेपाली दूतावास वा दुबईस्थित नेपाली नेपाली महावाणिज्यदूतावासमा आवेदन दिन अनुरोध समेत गरिएको छ ।

त्यस्तै कुनै सेवा लिन दूतावास वा कन्सुलेट कार्यालय जाँदा स्थानीय सुरक्षा अवस्था र नियमहरूको पालना गर्न पनि दूतावासले सबै नेपालीलाई अनुरोध गरेको छ।