३० आश्विन २०८३, शुक्रबार

राम्रो चलचित्र भएकाले आशावादी छु : नायक अयुव केसी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nayak aayub kc

यहि साउन २९ गतेबाट अलनेपाल प्रदर्शनमा आउन लागेको चलचित्र ‘चाँडै आउ है’का नायक हुन अयुव केसी । चलचित्रमा उनको अलवा निता ढुंगाना, सुमन सिंह, झरना थापा लगायतको मुख्य भुमिका रहेको छ । केहि पहिले नै प्रदर्शनमा आउनुपर्ने चलचित्र चलचित्रका निर्देशक दिपक रायमाझीको असामयिक निधनले गर्दा अहिले बल्ल प्रदर्शनमा आउन लागेको हो । चलचित्र निकै राम्रो बनेकाले सफल हुनेमा नायक अयुव केसी विश्वस्त छन । हुन त उनको चलचित्र धेरै समयपछि हलमा लाग्दै भएकाले पनि उनी उत्साहित हुनु स्वभाविक नै हो । चलचित्रको रिलिज डेट नजिकिँदै गर्दा उनै नायक अयुवसंग दैनिक नेपालले गरेको कुराकानी :

के मा व्यस्त हुनुहुन्छ अहिले ?

यहि साउन २९ गतेबाट मेरो विशेष अभिनय रहेको चलचित्र ‘चाँडै आउ है’ अल नेपाल प्रदर्शनमा आउँदैछ । यतिबेला म त्यहि चलचित्रको प्रमोशनमा लागिरहेको छु ।

‘चाँडै आउ है’ कस्तो चलचित्र हो र चलचित्रमा तपाईको भुमिका के छ ?

poster

यो एउटा पारिवारिक चलचित्र हो । गाउँको कथा यस चलचित्रका उतारिएको छ । लभस्टोरीमा पनि चलचित्र समेटिएको छ । यस चलचित्रमा समाजका २ वटा सत्य घटनाहरु समेत समेटन खोजिएको छ । एउटा जाजरकोटमा फैलिएको हैजा र युवाहरु विदेशिनुपरेको कथा । चलचित्रमा मरो एउटा लभर व्वाएको भुमिका रहेको छ ।

यस चलचित्रबाट कत्तिको आशावादी हुनुहुन्छ ?

म एकदमै आशावादी रहेको छु । यस चलचित्रमा मैलै राम्रो काम गरेको छु । म लगायत यस चलचित्रमा निता ढुंगाना, सुमन सिंह, झरना थापा लगायतको मुख्य भुमिका रहेको छ । उहाँहरुले पनि चलचित्रमा निकै मेहनत गर्नुभएको छ । सबैको मेहनतले चलचित्र राम्रो बनेको छ त्यसैले अवश्य नै सफल हुनेछ ।

थोरै प्रसङग बदलौँ , तपाई कसरी चलचित्र क्षेत्रमा प्रवेश गर्नुभयो ?

सुरुमा म मोडलिङ क्षेत्रबाट प्रवेश गरेको हुँ । केहि व्यवसायिक विज्ञापनमा अभिनय गरेपछि मलाई पोखराको निर्देशक नेत्र गुरुङले मेले टुबोर्ड वियरको होडिङ बोर्ड हेरेर काठमाडौ आएर भेटनुभयो । त्यसपछि चलचित्रमा अभिनय गर्ने कुरा पक्का भयो र म चलचित्रमा अभिनय यात्रा शुरु गरेँ । त्यसपछि अहिलेसम्म १० चलचित्रमा नायकको रुपमा अभिनय गरिसकेको छु ।

चलचित्र संगै अन्य के मा व्यस्त हुनुहुँन्छ ?

चलचित्र संगै म म्युजिक भिडियोमा अभिनय पनि गर्ने गर्दछु साथै भिडियोको निर्देशनमा पनि व्यस्त रहँदै आएको छु ।

कति म्युजिक भिडियोमा अभिनय र निर्देशन गर्नुभयो ?

मैले ५० भन्दा बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेको छु । निर्देशन पनि २५ वटा भन्दा बढि गरिसकेँ ।

भविष्यको योजना के बनाउनुभएको छ ?

म चलचित्र क्षेत्रमा नै रहन चाहान्छु । एउटा राम्रो कलाकार बन्ने, राम्रो चलचित्र खेल्ने नै हो । त्यो संगै म्युजिक भिडियोको निर्देशन साथै अभिनयमा रहिरहन चाहन्छु ।

नायक हुनुहुन्छ प्रेमप्रस्ताव त थुप्रै आउलान ?

आउँछन किन नआउँनु । तर मेरो यो समय भनेको करिअर बनाउने हो । त्यसैले त्यो तर्फ ध्यान नै जाँदैन ।

मनपर्ने नायक नायिकाको नाम लिनुपर्दा कस्तो लिनुहुँन्छ ?

नायकमा आर्यन सिग्देल र नायिका प्रियंका कार्की मनपर्छ ।

अन्तमा, तपाईको चलचित्र चाँडै नै प्रदर्शनमा आउँदैछ , के भन्न चाहनुहुँन्छ दर्शकलाई ?

चलचित्र राम्रो बनेको छ । यो गाउँको लभस्टोरी अनि सबै ग्रामिण क्षेत्रलाई केन्द्रित गरेर निर्माण गरिएको चलचित्र हो । पारिवारिक चलचित्र भएकाले सबैले माया गरिदिनुहुनेछ भन्ने विश्वास पनि रहेको छ । म लगायत सबैले राम्रोसंग काम गरेका छौँ त्यसैले सबैले एकपटक हेरिदिनुहोला भन्न चाहन्छु ।

प्रस्तुती : सुशिल नेपाल ।