रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश नवप्रवर्तन तथा स्टार्टअप विभाग प्रमुख ओम पौडेलले आफ्नो जिम्मेवारीबाट राजीनामा दिएका छन्।
रुपन्देही–३ का पूर्व सभापतिसमेत रहेका उनले प्रदेश महामन्त्रीलाई सम्बोधन गर्दै फेसबुकमार्फत पद त्यागको घोषणा गरेका हुन्।
देशभर चुनावी सफलतापछि पार्टी कार्यकर्तामा उत्साह बढिरहेका बेला आएको उनको निर्णयले रुपन्देहीको राजनीतिक वृत्तमा चर्चा बढाएको छ।
पौडेलले आफू भ्रष्टाचार, तस्करी, संगठित ठगी र राज्य संयन्त्रको दुरुपयोगविरुद्ध आवाज उठाउने उद्देश्यसहित राजनीतिमा आएको बताएका छन्।
रवि लामिछानेले देखाएको साहसिक अभियानलाई समर्थन गर्दै आफू पार्टीमा जोडिएको उनले उल्लेख गरेका छन्।
हालको चुनावी परिणामसँगै आफ्नो जिम्मेवारी पूरा भएको महसुस गरेर पद छाड्ने निर्णय गरेको उनको भनाइ छ। उनले राजनीतिमा अझै पनि अवसरवाद र दोहोरो चरित्र देखिने प्रवृत्तिले निराश बनाएको बताएका छन्।
पार्टीबाट अलग भए पनि रास्वपाप्रति आफ्नो सद्भाव र माया भने सधैँ रहने उनले स्पष्ट पारेका छन्।















प्रतिक्रिया