९ कार्तिक २०८३, सोमबार

कस्तो रहला आजको मौसम ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाठौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहको छ ।

आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु रहनेछ । कोशी प्रदेशका पहाडी र हिमाली भू–भागमा भू–भागमा साधरणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू–भागको एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै, राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।