रामेछाप । रामेछापमा भएको गाडी दुर्घटनामा मतदान अधिकृतको पनि मृत्यु भएको छ।
आज मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर रामेछापको रामेछाप नगरपालिका-२ देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको निसान गाडी दुर्घटना भएको थियो।
दुर्घटनामा घाइते भएका मतदान अधिकृत डोरप्रसाद घिमिरेको मन्थली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यसअघि दुर्घटनामा असई पर्शुराम यादवको मृत्यु भएको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो।
घिमिरेलाई रामेछाप-२ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो। दुर्घटनामा ६ जना घाइते छन् ।















प्रतिक्रिया