काठमाडौं । श्री स्टील्स लिमिटेडले सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ । निकट भविष्यमा आवश्यक प्रक्रिया पूरा गरी सर्वसाधारणमा प्राथमिक सेयर निष्कासन गर्न लागेको कम्पनीले नबिल इन्भेस्टमेन्टसँग सम्झौता गरेको हो ।
आज भएको सम्झौतामा श्री स्टील्सको तर्फबाट कम्पनीका प्रबन्ध सञ्चालक राजेशकुमार अग्रवाल तथा नबिल इन्भेस्टमेन्टका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले हस्ताक्षर गरेका थिए । कम्पनीका प्रमुख कार्यकारी अधिकृत सोमेश अग्रवालको रोहवरमा सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।
नेपालको एक प्रसिद्ध श्री स्टील्स एक पूर्ण स्वचालित प्लान्ट हो जसले टिएमटी रिबारहरुको निर्माणमा विशेषज्ञता हासिल गरेको छ । श्री स्टील्स नेपालको पहिलो ब्राण्ड हो जोसँग टिएमटी रिबारहरुको उत्पादनको लागि सिक्स स्ट्यान्ड ब्लक मिलको अत्याधुनिक जापानी प्रविधिमा आधारित उपकरण रहेको छ । विश्वमा उपलब्ध भएका सबैभन्दा उत्तम प्रविधि प्रयोग गरेर नेपालमा सम्भव भएसम्म उत्कृष्ट उत्पादन गरी नेपालको औद्योगिक आधारलाई बलियो बनाउनु र इमान्दारी तथा निष्ठाका साथ देश निर्माणका लागि आवश्यक फलाम तथा रडजन्य पदार्थमा देशलाई आत्मनिर्भर बनाउने र रोजगारी सृजना गर्ने कम्पनीको मुख्य उद्देश्य रहेको कम्पनीले जनाएको छ ।















प्रतिक्रिया