२९ आश्विन २०८३, बिहिबार

आईसीसीको डिजिटल प्लाटफर्म मार्केटमा नेपाल तेस्रो स्थानमा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । भारत र श्रीलंकामा जारी आईसीसी टी–२० विश्वकप क्रिकेटको डिजिटल प्लाटफर्ममा नेपाल शीर्ष ३ भित्र पर्न सफल भएको छ ।

आईसीसी डिजिटल प्लाटफर्ममा नेपाल तेस्रो स्थानमा समावेश भएको आईसीसीका डिजिटल प्रमुख फिन ब्राडशले एचटीले जानकारी दिए ।

‘नेपाल पहिलोपटक हाम्रा शीर्ष तीन बजारहरूमा प्रवेश गरेको देख्नु उत्साहजनक भएको छ, जसले उनीहरूको टोली पछाडिको जोश र गतिलाई रेखांकित गर्दछ,’ उनले भने ।

जारी विश्वकपको समूह चरणको आफ्नो पहिलो खेलमा इंग्ल्यान्डविरुद्ध शानदार प्रदर्शन गरेको नेपालले दोस्रो खेलमा इटाली र तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको थियो ।

अन्तिम खेलमा स्कटल्यान्डलाई हराउँदै नेपालले विश्वकपमा सुखद अन्त्य गरेको थियो । मुम्बईको वानखेडे स्टेडियममा भएको समूह चरणका ४ खेलमा ७५ हजारभन्दा बढी दर्शक सहभागी भएको आइसीसीको तथ्यांक छ ।