२८ असार २०८३, आइतबार

इजरायली सेनाले खामेनीको निवासमा खसालेको थियो ३० वटा बम

462
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार अमेरिका र इजरायल मिलेर इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको मृत्यु भएको भएको छ ।

द वाल स्ट्रिट जर्नल (सीबीएस)को एक रिपोर्ट अनुसार आक्रमणमा खामेनीसहित ४० इरानी अधिकारीहरू मारिए । जसमा खामेनीका नजिकका सल्लाहकार अली शामखानी, रिभोलुसनरी गार्ड कमाण्डर मोहम्मद पाकपुर र रक्षामन्त्री अजिज नासिरजादेह पनि थिए ।

सीबीएसका अनुसार इजरायली र अमेरिकी गुप्तचर एजेन्सीहरू लामो समयदेखि यस्तो अवसर खोजिरहेका थिए जब खामेनीसहित शीर्ष इरानी नेताहरू बैठकमा सँगै उपस्थित हुन् ।

रिपोर्टका अनुसार शनिबार दिउँसोको समयमा इरानमा आक्रमण गरिएको थियो । इजरायली लडाकु विमानहरूले खामेनीको निजी निवासमा करिब ३० वटा बम खसालेका थिए, भवन पूर्ण रूपमा ध्वस्त पारिएको थियो ।