काठमाडौं । इरानले प्रहार गरेको क्षेप्यास्त्रबाट संयुक्त अरब इमिरेट्स (यूएई)को राजधानी अबुधाबीमा कम्तिमा एक जनाको मृत्यु भएको छ । इरानले अमेरिकी सैन्य अड्डामाथि आक्रमण गर्ने क्रममा अबुधाबीमा पनि आक्रमण गरेको हो ।
इरानबाट प्रहार गरिएका धेरै क्षेप्यास्त्रहरूलाई हवाई रक्षा प्रणालीले रोके पनि एक जनाको मृत्यु भएको हो । स्थानीय समाचार एजेन्सीका अनुसार आक्रमणपछि सुरक्षा एजेन्सीहरूलाई सतर्क अवस्थामा राखिएको छ ।
युएई सरकारले यसलाई राष्ट्रिय सार्वभौमसत्ता र अन्तर्राष्ट्रिय कानूनको स्पष्ट उल्लङ्घन भनेको छ । उसले यस क्षेत्रको सुरक्षा अवस्थाको बारेमा बढ्दो तनाव र बढ्दो चिन्ताको बीचमा आफ्नो हितको रक्षा गर्न बदला लिने अधिकार देशसँग सुरक्षित रहेको पनि बताएको छ ।








प्रतिक्रिया