काठमाडौं । चलचित्र ‘मितज्यू’को फस्र्ट लुक्स सार्वजनिक भएको छ । जेठ १५ गतेबाट प्रदर्शनमा आउने निर्माण टिमले आज चलचित्रको पहिलो लुक्स सार्वजनिक गरेको हो ।
सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य तीन कलाकार दयाहाङ राई, सौगात मल्ल र तेरिया फौजा मगरलाई देख्न सकिन्छ । पोस्टरमा ग्रामीण परिवेश र सामाजिक द्वन्द्व देखिन्छ । जिपको अगाडि दयाहाङ र सौगातबीच शक्ति प्रदर्शन झल्किन्छ । यी दुई पञ्जा जुधाइरहेको दृश्य पोस्टरमा देखिन्छ ।
जिपको बोनटमाथि परम्परागत पहिरनमा तेरिया गम्भीर मुद्रामा बसेकी छन् । पोस्टरले पारिवारिक सम्बन्ध, अहंकार र सामाजिक टकरावको कथा चलचित्रमा रहेको संकेत गरेको छ ।
अनील बुढा मगरको निर्देशनमा निर्माण भएको यो चलचित्रमा दयाहाङ, सौगात र तेरियासँगै पुस्कर गुरुङ, शिशिर वाङ्देल, राज थापा, सुवर्ण थापा, अनु थापा, स्मिता लामिछानेलगायतको अभिनय रहनेछ । चलचित्रमा जनक घर्ती मगरको लगानी रहेको छ ।
चलचित्रलाई लोकश बज्राचार्यले सम्पादन गर्नेछन् भने छायांकन शिशिर बिशंखेको छ ।













प्रतिक्रिया