९ कार्तिक २०८३, सोमबार

ट्रक र बस ठोक्किँदा १४ जना घाइते

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मकवानपुरमा चामल लोड गरिएको ट्रक र यात्रुवाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् ।

बिहीबार मकवानपुरको मनहरी गाउँपालिका–९ रजैयास्थित पूर्वपश्चिम सडक खण्डबाट हेटौंडातर्फ जाँदै गरेको बा.प्र ०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र विपरीत दिशाबाट आउँदै गरेको बा प्र १–०१–००१ ख ४७६८ नम्बरको यात्रुवाहक बस राति ११ः४० बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

मनहरी मकवानपुरबाट खटिएका प्रहरी टोलीले घाइतेलाई उद्धार गरी उपचारको लागी हेटौंडा पठाइएको प्रहरीले जनाएको छ । घाइतेहरूको अहिले चुरे हिल अस्पताल हेटौंडामा उपचार भइरहेको छ ।

घटनाबारे अन्य विस्तृत विवरण आउन बाँकी रहेको र अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।